१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘अर्काे सिजन पनि दर्शकबिना ला लिगा’

साल्भाडाेर इल्ला

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडाेर इल्लाले सेप्टेम्बरमा स्पेनिस ला लिगाको नयाँ सिजन सुरुआत भए पनि दर्शकले मैदान प्रवेशमा अनुमति पाउने सम्भावना न्यून रहेको बताएका छन्।  

स्पेनको सरकार र ला लिगाले नयाँ सिजन सुरुआतपछि न्यून मात्रामा भए पनि दर्शकलाई सामाजिक दूरी र स्वास्थ्य निर्देशिकाको पालना गर्दै कसरी मैदान फर्काउन सकिन्छ भन्ने गृहकार्य गरिरहँदा स्वास्थ्यमन्त्रीको यस्तो भनाइ बाहिर आएको हो। तर कोभिड १९ संक्रमणको त्रास पूर्ण रूपमा नहटिसकेकाले स्पेन सरकार दर्शकलाई तत्काल मैदान फर्काउने तयारीबाट पछि हटेको हो।

‘इमानदारीका साथ भन्नुपर्दा, हामी अहिले जुन स्थितिमा छाैं, त्यहाँबाट म दर्शक मैदान फर्कने सम्भवना देख्दिनँ,’ इल्लाले भने, ‘केही नियन्त्रणमा आए पनि अहिले पनि कोरोना भाइरस संक्रमण पूर्ण रूपमा हटेको छैन।’  

कोरोना भाइरसका कारण करिब ३ महिना रोकिएका ला लिगा जुन ११ बाट पुनः सुचारु भए पनि सबै खेल बन्द रंगशालामा भइरहेका छन्। ला लिगाले २०२०–२०२१ सिजन सेप्टेम्बर १२ बाट सुरु हुने  जनाइसकेको छ।

‘हामी अहिले पनि  छलफलमा छाैं, सरोकारवाला पक्षसँगको छलफलपछि मात्र औपचारिक निर्णय लिइनेछ,’ इल्लाले थपे।

प्रकाशित: २ श्रावण २०७७ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App