१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेडलाई धक्का

मार्कुस रासफाेर्ड

म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लिने अवसर गुमाउँदा सोमबार साउथह्याम्पटनसँग २–२ गोलको बराबरी आत्मसात् गरेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा जितनजिक पुगेर पनि साउथह्याम्पटनसँग अंक बाँड्न बाध्य भएसँगै म्यानचेस्टरको आगामी सिजन च्याम्पियन्स लिग यात्रामा धक्का लागेको छ। ९६औं मिनेटमा मिकाइल ओबाफेमीले गोल फर्काउँदै साउथह्याम्पटनलाई  एक अंक दिलाएका थिए। युनाइटेड र लेस्टर सिटी दुवैले यसै हप्ता चेल्सीको हारको फाइदा उठाउन सकेनन्। युनाइटेडले प्रियिमर लिगमा लगातार चार खेलमा तीन गोलअन्तरले जित निकाल्दै रेकर्ड बनाएको थियो, तर स्टुवार्ट आर्मस्ट्रोङको सुरुआती गोलसँगै ओल्ड ट्राफोर्ड क्लब युनाइटेडको सुखद यात्रामा पूर्णविराम लाग्यो।

थोरै समयको अन्तरमा युनाइटेडका मार्कुस रसफोर्ड र एन्थोनी मार्सियलले गोल फर्काउँदै खेललाई जिततर्फ लगेका थिए, तथापि अन्तिम समयतिर अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका ओबाफेमीको खेलको नतिजा बराबरीतर्पm टुङ्ग्याए। ‘हामीले निकै खराब समयमा गोल बेहो¥यौं, तर यस्तो फुटबलमा हुने गर्दछ। जुन समय पनि हामी बलियो भएर बस्नुपर्छ भन्ने प्रमाणित भएको छ,’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने, ‘हामीले पनि सोही शैलीमा धेरै खेल जितेका छौं। आजको नतिजालाई खेलको एउटा शिक्षाका रूपमा लिएका छौं।’

सोल्सजायरको टोली युनाइटेडले अन्तिम समय दुई अंक गुमाएसँगै उसको फिनिसिङमाथि प्रश्न उठाउने वातावरण सिर्जना भएको छ। साथै यही शैलीबाट युनाइटेडले आगामी सिजन म्यानचेस्टर सिटी र लिभरपुलजस्ता बलियो प्रतिद्वन्द्वीविरुद्ध उपाधि दाबेदारी प्रस्तुत गर्न सक्छ भन्ने प्रश्न उब्जिएको छ

म्यानचेस्टर सिटीको युरोपियन फुटबलमा लागेको प्रतिबन्ध सोमबार सुरुआतमै फुकुवा भएको असर युनाइटेडलाइ प¥यो। यसअघि उत्कृष्ट लयमा प्रदर्शन गर्दै आइरहेको युनाइटेडलाई च्याम्पियन्स लिगको यात्रा तय गर्न एक स्थान उक्लिन आवश्यक छ। प्रिमियर लिग फर्कनुअघि लेस्टरसँग आठ अंकले पछि परेको स्थितिलाई बराबरीमा ल्याउन सफल युनाइटेडले अभैm पनि शीर्ष चारको दाबेदारी कायमै राखेको छ। लिगको तीन खेल बाँकी छँदा समान ३५ खेलबाट लेस्टर र युनाइटेडको समान ५९ अंक छ, तर गोलअन्तरको आधारमा युनाइटेड पाँचौं स्थानमा खुम्चिएको छ।

सोल्सजायरको टोली युनाइटेडले अन्तिम समय दुई अंक गुमाएसँगै उसको फिनिसिङमाथि प्रश्न उठाउने वातावरण सिर्जना भएको छ। साथै यही शैलीबाट युनाइटेडले आगामी सिजन म्यानचेस्टर सिटी र लिभरपुलजस्ता बलियो प्रतिद्वन्द्वीविरुद्ध उपाधि दाबेदारी प्रस्तुत गर्न सक्छ भन्ने प्रश्न उब्जिएको छ। ‘आज हामी तीन अंकको हकदार नै थिएनौं,’ सोल्सजायरले भने, ‘जब हामी २–१ ले अगाडि थियौं, त्यस समयदेखि खेल हाम्रो पकडमा थिएन। हाम्रो पासिङमा पनि रिदम थिएन।’ सुरुआतमै गोल बेहोरेपछि युनाइटेडको १७औं खेलसम्मको अपराजित यात्रा पनि खतरा थियो, तथापि ओल्ड ट्राफोर्ड टोली युनाइटेड खेलमा फर्किन सफल भयो।

प्रकाशित: ३१ असार २०७७ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App