१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बायर्नलाई जर्मन कप उपाधि

रोबर्ट लेवान्डोवस्कीको दुई गोल मद्दतमा बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले शनिबार लेभरकुसेनमाथि ४–२ को जित निकाल्दै जर्मन कपको उपाधि  उचालेको छ।  

बर्लिनमा भएको फाइनल भिडन्तमा बायर्नले लेभरकुसेनलाई हराउन दुई गोल गरेका लेवान्डोवस्कीले ५०औं गोल पनि पूरा गरेका छन्। लेवान्डोवस्कीले यस सिजन ४४ खेलमा ५१ गोल गरिसकेका छन।  ओलम्पिक स्टेडियममा बायर्नले १६औं मिनेट डेविड अलावाको गोलबाट अग्रता लिएको थियो। त्यसको १० मिनेटपछि सर्जी गिनाब्रीले गोल गर्दै बायर्नको अग्रता २–० मा पु-याए।  

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बायर्नले दोस्रो हाफमा पनि निरन्तरता दियो। लेभरकुसेनमाथि हाबी भएको बार्यनविरुद्ध ५९औं मिनेटमा लेवान्डोवस्कीले क्लबका लागि तेस्रो गोल गर्दा व्यक्तिगत पहिलो गोल गरे। ६३औं मिनेटमा लेभरकुसेनका स्भेन बेन्डरले गोल गर्दै बायर्नसँगको अन्तर घटाए। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा लेवान्डोवस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता मजबुत गरे।  ९०औं मिनेटमा लेभरकुसेनका काई हाभार्टले पेनाल्टीबाट गोल गर्दै अग्रता छोट्यासँगै रेफ्रीले फाइनल ह्विसल बजाए र बायर्न उपाधिको हकदार बन्यो।  शनिबार बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म निरन्तरता दिएको छ। सबैखाले प्रतियोगितामा गरी बायर्नको यो लगातार १७औं जित पनि हो र बायर्नले २०औं पटक जर्मन कपको उपाधि उचालेको छ।  

शनिबार बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म निरन्तरता दिएको छ। सबैखाले प्रतियोगितामा गरी बायर्नको यो लगातार १७औं जित पनि हो र बायर्नले २०औं पटक जर्मन कपको उपाधि उचालेको छ।  

उपाधि जितेको टोलीका प्रशिक्षक हान्सी फ्लिकले रक्षक डेभिड अलाबा र मिडफिल्डर थियागो अलकान्टारालाई टोलीमा नै राख्ने प्रतिबद्धता जनाए। खेलाडीद्वय अलाबा र अलकान्टारा आगामी सिजन लिभरपुलमा अनुबन्धित हुने चर्चा चलिरहेको छ।  

‘अलबा र अलकान्टारालाई बायर्नमा नै रहिरहनका लागि अधिकतम प्रयास गर्नेछु,’ उपाधि जितिसकेपछि बायर्नका प्रशिक्षक फ्लिकले भने, ‘यी  टोलीका लागि निकै महत्वपूर्ण खेलाडी हुन्।’

अलाबाले शनिबारको फाइनल खेलमा सुरुआती गोल गरेका थिए। उता लिभरपुल अनुबन्धित हुने चर्चा भएका २९ वर्षीया अलकान्टाराको भने कुनै प्रस्ताव नआएको बायर्नका अध्यक्ष कार्ल हेन्ज रुमेनिगेले बताए।  

‘अहिले हामी उनीसँग व्यक्तिगत रूपमा छलफल गरिरहेका छौं। उनको मनसाय क्लब छाड्ने नै रहेको छ,’ क्लबका अध्यक्ष रुमेनिगेले भने।

प्रकाशित: २२ असार २०७७ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App