१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बुफोन अर्काे सिजन युभेन्ट्समै

लिजेन्ड गोलकिपर जियानलुइजी बुफोन अर्को सिजन पनि सिरी ‘ए’ क्लब युभेन्ट्समा रहने भएका छन्।  

युभेन्ट्सले सोमबार ४२ वर्षे बुफोन र  क्लबका कप्तान जर्जियो चिलिनीलाई आगामी सिजनका लागि पनि सम्झौता नवीकरण गरेको जनाएको छ। बुफोन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट एक वर्षअगाडि मात्र युभेन्ट्स फर्किएका थिए। पार्माबाट करियर सुरुआत गरेका बुफोन सन् २००१ देखि युभेन्ट्समा आबद्ध  थिए। उनी युभेन्ट्समा रिजर्भ गोलकिपरका रूपमा रहँदै आएका छन्। गोलकिपर ओइजिस साज्नी युभेन्ट्समा पहिलो रोजाइमा परेपछि बुफोन वैकल्पिकमा बस्न बाध्य छन्।  

बुफोनले यस सिजन सबै प्रतियोगिता गरेर १३ पटक मात्र युभेन्ट्सको पोस्ट समालेका छन्। यस सिजनको १० खेल बाँकी छँदा बुफोनलाई सिरी ‘ए’ को रेकर्डका लागि एक खेल आवश्यक छ। सिरी ‘ए’ मा एसी मिलानका पाओलो माल्दिनीको नाममा सर्वाधिक ६ सय ४७ क्यापको रेकर्ड छ। ३५ वर्षे सेन्टर ब्याक चिलिनी पनि सन् २००६–०७ को सिजनदेखि  युभेन्ट्सबाट खेलिरहेका छन्।  

टुरिन क्लब म्याच फिक्सिङका कारण दोस्रो डिभिजनमा घटुवा हुँदा चिलिनी पनि थिए। सन् २००५ पछि उनी युभेन्ट्समा पूर्णकालीन नीतिअनुरूप आबद्ध भए। बुफोन र चिलिनी दुवै रिटायर्ड भएपछि युभेन्ट्सको अफिसियलका रूपमा फर्किने विश्वास गरिएको छ। युुभेन्ट्सले सिरी ‘ए’ फुटबलमा दोस्रो स्थानको लाजियोसँग चार अंकको अग्रता लिएको छ। युभेन्ट्स लगातार नवौं पटक लिग उपाधि रक्षा गर्ने अभियानमा छ।

प्रकाशित: १७ असार २०७७ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App