coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युभेन्ट्सको उपाधियात्रा थप मजबुत

लिसेविरुद्ध गोल गरेपछि युभेन्ट्सका गोन्जालो हिग्विन (बीच) तस्बिर एएफपी

लिसेमाथि ४–० को फराकिलो जित निकालेको युभेन्ट्सले सिरी ‘ए’ मा सात अंकको अग्रता बनाउँदै उपाधियात्रालाई थप मजबुत गरेको छ।  पछ्याइरहेको लाजियोसँग युभेन्ट्सले ७ अंकको अग्रता बनाएको हो। ३१औं मिनेटमा १० खेलाडीमा सीमित लिसेविरुद्ध घरेलु टोली युभेन्ट्सले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। ५३औं मिनेटमा पाउलो डिबालाको गोलबाट अग्रता बुनेको युभेन्ट्सले बाँकी समयमा थप तीन गोल गर्दै उपाधिदौडमा रहेको लाजियोसँग अंकदूरी फराकिलो बनाएको हो।  

अग्रता लिएपछि दश खेलाडीमा सीमित भएको लिसेविरुद्ध ६२औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै अग्रता २–० मा पुर्‍याएका थिए। यसअघि पहिलो गोलका लागि एसिस्ट गरेका रोनाल्डोलाई लिसेका लुका रोसेटिनीले पेनाल्टी क्षेत्रमा धकेलेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहारमा आएका रोनाल्डोले कुनै गल्ती नगरी अग्रता दोब्बर पारेका हुन्। त्यसको २१ मिनेटपछि गोन्जालो हिग्विनले गोल थप्दै अग्रता ३–० मा पुर्‍याए। खेल सकिन पाँच मिनेट बाँकी रहँदा डगलस कोस्टाको पासमा माथिज डी लिग्टले टोलीका लागि चौथो गोल गर्दै फराकिलो जित सुनिश्चित गरे।  

फाबियो लुसिओनीले रातो कार्ड सामना गर्नुअघि लिसेले घरेलु टोलीलाई दबाबमा राखेको थियो। लुसिओनीले बल नियन्त्रण गर्ने क्रममा रोनाल्डोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। 

युभेन्ट्सले २८ खेलबाट ६९ अंक जोड्दा पराजित लिसे पुछारबाट तेस्रो स्थानमा छ। लिसेको समान २८ खेलबाट बल्ल २५ अंक भएको छ भने समान अंक भएको जिनोआ गोलअन्तरले रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि छ। एक खेल कम खेलेको एसपिएल १८ अंकका साथ पुछारबाट दोस्रो र ब्रेसिका १७ अंकका साथ पुछारबाट पहिलो स्थानमा छ।  

यसअघि सुरुआतबाट नौ आक्रामक देखिएको घरेलु टोली युभेन्ट्सले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरेको थियो। तर गोल गर्न भने दोस्रो हाफ नै कुर्नुपर्‍यो। फाबियो लुसिओनीले रातो कार्ड सामना गर्नुअघि लिसेले घरेलु टोलीलाई दबाबमा राखेको थियो। लुसिओनीले बल नियन्त्रण गर्ने क्रममा रोनाल्डोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। त्यसपछि दबाबमा परेको भ्रमणकारी टोली लिसेले पुरानो लयलाई निरन्तरता दिन सकेन र भारी अन्तरले पराजित हुँदै अंक गुमाउन पुग्यो।  खेल सुरु भएदेखि नै अर्जेन्टिनाका डिबालाले युभेन्ट्सका लागि गोल गर्न निकै प्रयास गरेका थिए। ५३औं मिनेटमा मात्र उनको प्रयास सफल भएको थियो।  

लिगअन्तर्गत यसअघि भएका खेलमा उपाधिहोडमा रहेको लाजियो एटलान्टासँग उसैको मैदानमा ३–२ ले पराजित भएको थियो। जसका कारण उपाधिहोडमा लाजियोलाई नराम्रो धक्का लागेको छ। अर्को खेलमा साम्पडोरिया रोमाको घरेलु मैदानमा २–१ पराजित भयो। शीर्ष चारमा पुग्नका लागि संघर्ष गरिरहेको रोमा चौथो स्थानको एट्लान्टाभन्दा ६ अंकले पछि छ। फाबियो लुसिओनीले रातो कार्ड सामना गर्नुअघि लिसेले घरेलु टोलीलाई दबाबमा राखेको थियो। लुसिओनीले बल नियन्त्रण गर्ने क्रममा रोनाल्डोलाई खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए।

प्रकाशित: १४ असार २०७७ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App