म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहादमा बर्नलीमाथि ५–० को जित निकालेसँगै लिभरपुललाई बुधबार क्रिस्टल प्यालेसविरुद्धको जितबाटै यस सिजनको उपाधि उचाल्नबाट रोकेको छ।
दर्शकबिनाको घरेलु मैदानमा सिटीले बर्नलीमाथि लगातार दबाब बनाउँदै फराकिलो जित दर्ता गरेसँगै लिभरपुलको लक्ष्य एक पटक फेरि बाधक बनाएको हो। फिल फोडेन र रियाद माहरेजको दुई गोल र डेविड सिल्भाको एक गोलप्रेरित सिटीले सानदार जितसहित शीर्ष टोली लिभरपुलसँगको दूरी २० अंकमा घटाएको छ। बर्नलीका लागि निकै खराब बनेको रातमा स्टेडियमभरि ‘ह्वाइट लिभ्स म्याटर बर्नली’ को सन्देश प्रभाव गरिएको थियो। जब, प्रिमियर लिग सुरु भयो, त्यो समय ‘ब्ल्याक लिभ्स म्याटर’ खेलाडीको टिसर्ट पछाडि राखिएको थियो।
खेलाडी, प्रशिक्षक तथा रेफ्रीले पनि घुँडा टेकेर खेल सुरु हुनुअघि नै विभेद र अन्यायविरुद्धमा समर्थन गरेका थिए। बर्नलीका प्रशिक्षक सिन डाइचेले खेलाडी परिवर्तनको सबै कोटा पूरा नगरे पनि पेप ग्वार्डिओलाले भने सिटीमा आठ परिवर्तन गराएका थिए। गत बुधबार आर्सनलमाथि ३–० को जित निकालेलगत्तैको खेलमा पनि सिटी झन् आक्रामक देखिएको थियो। यसै महिना सम्झौता सकिने पाँच खेलाडीको अवधि थपका लागि बोर्डले अस्वीकार गरेपछि बर्नलीका बोस डाइचे निकै निरास देखिएका थिए।
ती पाँच खेलाडीको यसै महिना क्लबसँगको सम्झौता अवधि सकिँदै छ। चोटग्रस्त एस्ले बान्र्स, क्रिस वुड र जोहानस बर्ग गुडमन्डसन सिटीविरुद्धको खेलमा उपस्थित हुन नसक्ने भएपछि डाइचेसँग ९ मध्ये सात मात्र परिवर्तनको अवसर थियो। यता, सिटीले भने एमेरिक लापोर्टे, केभिन डी ब्रुयना र रहिम स्टर्लिङलाई बिहीबार चेल्सीसँगको खेलका लागि आराम दिएको थियो। तर, पनि सिटीले एकपछि अर्का अवसरहरू सिर्जना गर्न सफल भयो। २० वर्षे फोडेनले केही उत्कृष्ट अवसर सिर्जना गरेका थिए।
प्रिमियर लिगको उपाधि रक्षा गर्न सिटीलाई असम्भवजस्तै भए पनि ग्वार्डिओलाको टोलीलाई एफए कप र च्याम्पियन्स लिग जित्ने अवसर अझै छ।
माहरेजले पनि पहिलो हाफमा निकै उत्कृष्ट प्रदर्शन गर्न सफल भए। पहिलो गोल गरेका माहरेजले दोस्रो गोल भने भारको साहयताबाट पूरा गरेका थिए। पेनाल्टी क्षेत्रमा बेन मिईले सर्जियो अग्विरोलाई लडाएपछि सिटीले पेनाल्टी अवसर पाएको थियो, जसलाई माहरेजले सफल गराए। सोही चोटका कारण अग्विरोले मैदानसमेत छाड्नुप¥यो। प्रिमियर लिगको उपाधि रक्षा गर्न सिटीलाई असम्भवजस्तै भए पनि ग्वार्डिओलाको टोलीलाई एफए कप र च्याम्पियन्स लिग जित्ने अवसर अभैm छ।
खेल सकिन १० मिनेट बाँकी छँदा फोडेनको स्थानमा लेरोई साने चोटका कारण गत अगस्टपछि मैदान फर्कनु सिटीका लागि खुसीको अवसर बन्यो। यस सिजनको अन्त्यमा बायर्न म्युनिख जाने चर्चा चलिरहे पनि महामारीका कारण नयाँ करार गर्ने प्रक्रिया रोकिएको छ। यस्तो स्थितिमा सानेले सिटीका लागि अवसर पाउनु उनले आगामी खेलमा पनि क्लबका लागि स्थान बनाउन सक्छन्। २२औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
४३औं मिनेटमा माहरेजले अग्रता दोब्बर पारे। इन्जुरी समयको तेस्रो मिनेटमा माहरेजले व्यक्तिगत दोस्रो गोल गरे। ५१औं मिनेटमा डेविड सिल्भाले गोल गर्दै सिटीलाई ४–० ले अगाडि बढाए। फोडेनले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित सुनिश्चित गरे। जितसँगै सिटीले ३० खेलबाट ६३ अंक जोड्दै लिभरपुलसँगको दूरी २० अंकमा झारेको छ। लिभरपुलको ३० खेलबाट ८३ अंक रहेको छ। बर्नली भने ३० खेलबाट ३९ अंकसहित ११औं स्थानमा छ।
प्रकाशित: १० असार २०७७ ०५:१० बुधबार