१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

हालेपले युएस ओपन नखेल्ने

विश्व नम्बर दुई सिमोना हालेपले युएस ओपन खेल्ने सम्भावना धेरै कम रहेको रोमानिया टेनिसकी प्रवक्ताले बताएकी छन् ।कोरोना भाइरसको महामारीका बावजुद आयोजकले स्वास्थ्य प्रोटोकल अपनाएर युएस ओपन सञ्चालन गर्ने तयारी गरिरहेको समय रोमानियाकी स्टार हालेपले खेल्ने सम्भावना न्यून रहेको सार्वजनिक भएको छ ।

आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १३ सम्म न्युयोर्कमा मार्की प्रतियोगिता युएस ओपन बिनादर्शक खेलाउने अनुमति अमेरिका टेनिस एसोसिएसन (युएसटिए) ले पाइसकेको छ । न्युयोर्कका गभर्नर एन्ड्य्रु क्युओमोले असाधरण सावधानी अपनाएर युएसटिएले खेल सञ्चालन गर्ने बताएका छन् । गभर्नर एन्ड्य्रुले खेलाडीको सुरक्षा, मजबुत टेस्टिङ प्रणाली, फरक लकर रुम र समर्पित आवास सुविधा राखिएर युएस ओपन सञ्चालन हुने भएको दाबी गरेका छन् ।  

‘सबै जना युएस ओपनको यस सिजन सहभागिताबारे अफिसियल रूपमै घोषणा हुने प्रतीक्षामा छन्,’ रोमानिया टेनिसकी प्रवक्ताले भनिन्, ‘युएस ओपन फर्काउने तयारी भएको छ भने हामी अहिले यति भन्न सक्छौं कि उनी (सिमोना) खेल्ने सम्भावना कमै छ ।’ सिमोनाका प्रशिक्षक डारेन काहिलले गत हप्ता प्रोटोकल निकै कठिनपूर्ण भएको र दुई ग्रान्ड स्लाम च्याम्पियन सिमोनाले खेल्ने सम्भावना कम रहेको संकेत गरिसकेका थिए । यसअघि नै विश्व टेनिसका दुई स्टार राफाइल नाडाल र नोभाक जोकोभिचले पनि वर्तमान परिस्थितिमा युएस ओपन नखेल्ने बताएका छन् ।

प्रकाशित: ५ असार २०७७ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App