९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

अफ्रिदीलाई कोरोना लाहोर

पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीमा कोराना भाइरस पुष्टि भएको छ । ४० वर्षे अलराउन्डर अफ्रिदीले पछिल्लो पटक सन् २०१८ मा राष्ट्रिय टोलीबाट खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरे पनि उनले ट्वान्टी २० फ्रेन्चाइज लिगलाई भने निरन्तरता दिएका छन् । शनिबार अफ्रिदीले विगत केही दिनयता आफू स्वस्थ नभएको, शरीरमा दुखाइ भएको र परीक्षणका क्रममा आफूमा कोरोना भाइरस पुष्टि भएको बताएका हुन् ।

 ‘आशा छ म छिट्टै स्वस्थ हुनेछु,’ अफ्रिदीले भनेका छन् । पाकिस्तानमा कोरोना भाइरसका कारण हालसम्म २ हजार ५ सय ५१ जनाले ज्यान गुमााइसकेका छन् भने हालसम्म १ लाख ३२ हजार ४ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App