३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

दुव्र्यवहारविरोधी समर्थनमा माटोन्डोलाई गर्व

साल्के तथा वेल्सका विंगर राब्बी माटोन्डोले युवा जमातले रंगभेदी दुव्र्यवहारविरुद्ध गरेको समर्थनप्रति गर्व भएको बताएका छन् । अमेरिकी प्रहरी दमनमा जर्ज फ्लोयडको निधन हुँदा बोरुसिया डर्टमन्डका जाडोन सान्चोले ह्याट्रिक पूरा गरेपछि फ्लोयडप्रति सम्मान व्यक्त गरेका थिए ।

त्यस्तै एस्टन भिल्लाका टेवन मिङ्सले पनि ब्ल्याक लिभ्स म्याटर्स प्रदर्शनको समर्थन गरेका थिए ।

‘मानिसहरू आफ्नो अधिकारका लागि लडिरहेका छन् र यसप्रति मलाई गर्व छ,’ माटोन्डोले भने, ‘अहिले धेरै मानिसका लागि कठिन समय हो ।धेरै खेलाडीले यो प्रदर्शनमा समर्थन जनाएका छन् । यो रंभगेदी दुव्र्यवहारलाई निर्मूल पार्ने सही समय हो । हामीले यो आन्दोलनलाई सकारात्मक ढंगले अघि बढाउनुपर्छ ।’

प्रिमियर लिग टोली लिभरपुल, चेल्सी र आर्सनलले पनि प्रदर्शनमा समर्थन गरेका छन् ।

‘वेस्टन म्याककिन्ने, सान्चो र मार्कुस थुरामका साथै अन्य धेरै खेलाडीले बुन्डेसलिगामा जे गरे त्यो निकै राम्रो कदम हो,’ माटोन्डोले भने, ‘सबैको जीवनको आआफ्नो महव हुन्छ । रंगकै आधारमा गरिने दुव्र्यवहार सधैं अमान्य छ ।’

उनी सन् २०१९ मा म्यानचेस्टर सिटीबाट ९.६ मिलियन युरोमा साल्केमा आबद्ध भएका थिए । ‘म अहिले साल्केमा खुसी छु,’ उनले भने, ‘म यहाँ २०२३ सम्मै रहनेछु । हामीले सुधारिएको प्रदर्शन भने गर्न आवश्यक छ ।’

प्रकाशित: ३० जेष्ठ २०७७ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App