१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जुन २० बाट सिरी ‘ए’

इटालीका खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले जुन २० बाट इटालियन सिरी ‘ए’ पुनः सुचारु हुने पुष्टि गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित छ । सिरी ‘ए’ मा अन्तिम १२ चरणका खेल बाँकी रहँदा युभेन्ट्स १ अंकको अग्रताका साथ शीर्ष स्थानमा छ । सिरी ‘ए’ क्लबका खेलाडीहरूले यसै साताबाट व्यक्तिगत अभ्यास सुरु गरिसकेका छन् भने टोलीले एकसाथ यसै साता अभ्यास गर्न पाउनेछन् । इटालियन फुटबल संघ (एफआइजिसी) ले अगस्ट २० सम्ममा २०१९—२०२० सिजन सक्ने योजना सार्वजनिक गरिसकेको छ ।

यता सिरी ‘ए’ को पुछारमा रहेको बेरिस्काका मालिक मासिमो केलिनोले लिग पुनः सुचारु गर्ने निर्णय मूर्खतापूर्ण भएको बताएका छन् ।

‘यो खेलाडीका लागि निकै कठिन हो,’ उनले भने, ‘दुई महिनाबाट अभ्यास रोकिएको छ । सातामा तीन खेल खेल्ने गरी ल्याउन लागिएको खेलतालिका घातक छ । जर्मनीको तुलनामा इटालीको तापक्रम बढी छ, जहाँ खेलाडीलाई थप कठिन हुनेछ ।’

प्रकाशित: १७ जेष्ठ २०७७ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App