१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

इघालोले युनाइटेड छाड्ने

इडियोन इघालोले यसै हप्ता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने बताइएको छ । आगामी जुनमा चाइनिज सुपर लिग फर्किने भएकाले इघालोले युनाइटेड छाड्ने भएका हुन् ।

रोमेलु लुकाकुले युनाइटेड छाडेपछि क्लबले इघालोलाई गत जनवरीमा थोरै समयका लागि लोनमा भित्र्याएको थियो । बाल्यकालदेखि युनाइटेडका समर्थक पनि रहेका इघालोले रेड डेभिल्सका लागि आफैंलाई प्रशंसकको पात्रको रूपमा तयार गरेका थिए । उनले युनाइटेडबाट युरोपा लिग र एफए कपमा समान दुई गोल गरेका छन् । उनी औसत ८० मिनेटमा गोल गर्न सफल भएका छन् । कोरोनाका कारण प्रिमियर लिग प्रभावित हुनुअघि पनि नाइजेरियाका स्टार इघालो चार पटकसम्म बेन्चमा सीमित भए, अब उनको इङ्ल्यान्डको यात्रा लगभग समाप्त भएको बुझिएको छ ।

यसै हप्ता इघालो र युनाइटेडबीचको लोन सम्झौता समाप्त हुनेछ । आगामी जुन १२ देखि सिजन फर्काउने लक्ष्य राखेको प्रिमियर लिगमा इघालोले आफ्नो यात्रा अगाडि बढाउन सक्षम हुने सम्भावना न्यून छ । यता, चाइनिज सुपर लिग पनि सिजन फर्काउने तयारी रहेकाले एघालो चीन फर्कनेछन् । गत फेबु्रअरीदेखि रोकिएको सिजन सुरु गर्ने चाइनिज सुपर लिगको योजना कार्यान्वयन नजिक रहेको जनाइएको छ । इघालो चाइनिज क्लब  संघाई सेनहुआबाट युनाइटेड गएका थिए । उनले संघाईमा एसी मिलान, रोमा र मोनाकोका पूर्वस्टार स्टेफन इल सारावेसँगै खेल्नेछन् ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App