१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जुन ८ बाट ला लिगा

सरकारको अनुमति पाएपछि स्पेनिस फुटबल ला लिगा आगामी जुन ८ देखि सुरु हुने भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशभित्र कयौं खेल गतिविधि रोकिएको भन्दै त्यसलाई सुचारु गर्न अनुमति दिएपछि ला लिगा निर्धारित जुन ८ मा हुने भएको हो । यससँगै युरोपियन फुटबलमा सिजन फर्काउने ला लिगा दोस्रो व्यावसायिक फुटबल हुने भएको छ । 

युरोपमा कोरोना महामारीपश्चात् लिग सुरु गर्ने बुन्डेसलिगा पहिलो ठूलो व्यावसायिक फुटबल हो । गत हप्तादेखि बुन्डेलिगाका खेल सञ्चालमा आएका थिए । कोरोनाको महामारी पैmलिएपछि गत मार्चदेखि ला लिगा स्थगित छ, जुन आगामी महिनाबाट सुरु हुने भएको छ ।  

कोरोना संक्रमितबाट धेरै मानवीय क्षति बेहोरेको दोस्रो युरोपियन राष्ट्र स्पेन हो ।  शनिबार स्पेनका प्रधानमन्त्री सान्चेजले राष्ट्रका नाममा सम्बोधन गर्दै दैनिक रूपमा रोकिएका गतिविधि सुचारु गर्न अनुमति दिने निर्णय गरेका हुन् । ‘हामीले जे गर्न आवश्यक थियो, त्यहीअनुरूप काम गर्दै गर्यौं । त्यसैले सबैका लागि नयाँ क्षितिजमा खुलेको छ,’ सान्चेजले भने, ‘कयौं स्थगित दैनिकी सञ्चालन गर्ने समय आएको छ । जुन ८ बाट ला लिगा पनि सञ्चालन हुनेछ ।’

स्पेनमा लामो समयको लकडाउनपश्चात् यसै महिनाको सुरुआतदेखि केही सहज बनेको थियो । जसको कारण ला लिगा क्लबका खेलाडीले प्रशिक्षणसमेत सुरु गरिसकेका छन् । ला लिगाका अध्यक्ष जाभियर टेबासले पनि ट्विटमार्फत प्रधानमन्त्रीको निर्णयलाई समर्थन जनाएका छन् । ‘यो निर्णयले हामी निकै खुसी छौं । यो सबै क्लब, खेलाडी र प्रशिक्षकको राम्रो कामको परिणाम हो,’ टेबासले उल्लेख गरेका छन् । दुई हप्ताअगाडि मात्र टेबासले आगामी जुन १२ देखि सिजन सञ्चालन गर्ने उद्देश्यअनुरूप योजना बनिरहेको बताएका थिए ।  

शनिबार सरकारले निर्णय गरे पनि ला लिगाले भने कुन मितिदेखि खेल सञ्चालन गर्ने भन्ने निर्णय गरेको छैन । कोरोना महामारीका कारण दुई महिनासम्म रोकिएको ला लिगाको पहिलो खेल सेभिया र बेटिसबीच हुनेछ । युरोपको अर्को लिग पनि सञ्चालनको तयारी भएसँगै प्रिमियर लिगलाई पनि सिजन फर्काउन केही सहज बन्नेछ । प्रिमियर लिगले पनि सिजन फर्काउने योजनाअनुसार यसै हप्तादेखि खेलाडीको प्रशिक्षण समेत सुरु गरिसकेको छ ।  

प्रिमियर लिगका खेलाडी भने लिग फर्काउने विषयमा तर्क वितर्क गर्दै आइरहेका छन् । इङ्लिस स्टार ड्यानी रोज र रहिम स्टर्लिङलगायतले सिजन फर्काउने विषयमा फरक मत राख्दै आएका छन् ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App