१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मारिप्पाद्वारा कोरोना भएको खुलासा

इङ्लिस प्रिमियर लिगले मंगलबार खेलाडी र क्लब पदाधिकारीमा गरेको कोरोना परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसमध्ये  वाट्फोर्डका ३ खेलाडीमा कोरोना पुष्टि भएको थियो । तर कुन खेलाडीमा कोरोना पुष्टि भएको भन्ने खुलेको थिएन ।

यस्तोमा वाट्फोर्डका रक्षक एड्रियान मारिप्पाले आफूमा कोरोना पुष्टि भएको खुलासा गरेका छन् । त्यस्तै वाट्फोर्डकै अन्य दुई पदाधिकारी र बर्नलीका सहायक प्रशिक्षक इयान वोनमा पनि कोरोना पुष्टि भएको थियो ।

यता चेल्सीका एनगोलो कान्टेले पनि कोरोना भाइरस संक्रमणको त्रासका कारण अभ्यासमा सहभागिता जनाएनन् । कान्टेले घरमै अभ्यास गर्ने जनाएका छन् । फ्रान्सबाट लन्डन फर्किएका कान्टेमा कोरोना नेगेटिभ देखिए पनि उनलाई केही दिन बिदा दिइएको जनाएको छ ।

‘म आफैं अचम्मित छु, किनभने मैले लकडाउन अवधिभर घर छोडेको थिइनँ,’ मारिप्पाले भने, ‘तर केही अभ्यासका लागि घरकै सदस्यहरूसँगै नजिकैको मैदानमा गएको भने थिएँ । म कुनै पार्टीमा पनि सहभागी थिइनँ ।’

उनले आफूमा कोरोनाको कुनै लक्षण नभएको र आफूले शारीरिक रूपमा कुनै परिवर्तन नदेखेको पनि बताए । ‘म अब स्वास्थ्यकर्मीको निरीक्षणमा बस्नेछु । यो रोग सकारात्मक भएर मात्र जित्न सकिन्छ भन्ने पनि मलाई थाहा छ,’ उनले भने, ‘आशा छ म छिट्टै मैदान फर्कन सक्छु ।’

प्रकाशित: ९ जेष्ठ २०७७ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App