१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरामा नेपालकै पहिलो ज्येष्ठ नागरिक कभर्ड हल

पोखरा–१९ घार्मीस्थित ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्ड हल । तस्बिर : नागरिक

अब ज्येष्ठ नागरिकले योगाभ्यासँगै अन्य व्यायाम गर्न पोखरा रंगशाला झर्नुपर्ने अवस्था रहेन् । पोखरा–१९ लामाचौर घार्मीमा नेपालकै पहिलो ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्ड हल तयार गरिएको छ । बृद्धबृद्धाहरुको लागि डे केयर सेन्टर समेत बनाउन सकिन्छ । 

‘स्वास्थ्यका लागि खेलकुद’ । यो नारालाई व्यवहारिक रुपमा उतार्ने अन्तिम तयारी छ । यो आर्थिक वर्षमा एक करोड रुपैयाँ निकासा गरिएको थियो । दुई महिना मात्रै बाँकी छ आर्थिक वर्ष सकिन् । दुई महिनाभित्र आन्तरिक फिनिसिङ गरेर औपचारिक उदघाटनको तयारी गरिएको छ ।

लगत २ करोड ४० लाख खर्च भईसकेको छ । भिरालो जमिनमा चार तला उठाईसकेपछि मात्रै अन्तिम तलामा कभर्डहल तयार भएको हो । २ हजार ७ सय बर्गफिटको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले भने ज्येष्ठ नागरिक कभर्ड हललाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रयोग गर्ने योजना बनाएको छ ।  

घार्मी युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको घरगाम ठाँउ हो । मन्त्री विश्वकर्माकै अगुवाईमा ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माण शुरु गरिएको हो । हलमा व्यायामका आवश्यक सामाग्री स्टोर गर्न सकिन्छ । 

‘कभर्ड हलमा जुडो, मार्शल आर्ट्सका खेलहरु आयोजना गर्न सकिन्छ ’ क्षेत्रीय खेलकुद विकास समितिका निर्बतमान अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘बजारदेखि केही पर बनाईएको कभर्ड हल विशेष गरी बृद्धबृद्धाहरुको लागि योगाको लागि उपयुक्त हुन्छ ।’ खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार हलमा व्याडमिन्टन, कराँते लगायतका खेलहरु सञ्चालन गर्न सकिन्छ । ‘हल १२ मिटर चौडाई र २० मिटर लम्बाईको छ ।’ उनले भने–‘इण्डोरका खेलहरु आयोजना गर्न सहज हुन्छ ।’  

घार्मी युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको घरगाम ठाँउ हो । मन्त्री विश्वकर्माकै अगुवाईमा ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माण शुरु गरिएको हो । हलमा व्यायामका आवश्यक सामाग्री स्टोर गर्न सकिन्छ । भिरालो जमिनमा माथिल्लो जमिनको सतहसम्म ल्याउन निकै खर्च गरिएको आभाष हुन्छ । यो नेपालकै पहिलो ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्ड हल रहेको दावी गरिएको छ ।  

युवा तथा खेलकुद मन्त्रालयले एक निर्वाचन क्षेत्र एक खेल मैदानको योजनासँगै घार्मीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको हो । मन्त्रालयले कास्कीकै बजार क्षेत्र तथा ग्रामीण क्षेत्रमा बजेट विनियोजन गर्दै खेल मैदान निर्माण गरेको छ । कतिपय ठाँउमा बजेट विनियोजन गरेको छ । कोभिड–१९ कोरोना भाइरसको महामारीसँगै लकडाउनले गर्दा काम अघि बढ्न सकेको छैन् ।  

कोठाहरु थुप्रै छन् । खेलकुद गतिविधिसँगै शान्त बातावरणमा रहेको पुस्तकालय स्थापना गर्नुपर्ने तर्फ जोड दिइएको छ । ‘इ लाईब्रेरी अथवा ज्येष्ठ नागरिक डे केयर सेन्टर समेत बनाउन सकिन्छ ।’ स्थानीयबासिन्दा बुद्धिबहादुर खत्रीले बताए । उनका अनुसार लाईब्रेरी बनाउन पर्याप्त कोठाहरु छन् ।  

प्रकाशित: १ जेष्ठ २०७७ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App