काठमाडौं - आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ। नेपालले सुरुआती ४ ओभरमै चार विकेट लिएको छ। सन्दीप लामिछानेले पहिलो सफलतासँगै दुई विकेट लिएका छन् भने करण केसीले पनि दुई विकेट लिए।
प्रकाशित: २५ माघ २०७६ ०८:४२ शनिबार