१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दर्शनको निर्णायक गोलमा एनआरटी विजयी

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार पुलिसको प्रहार बचाउदै एनआरटीका गोलकिपर अजित प्रजापति ।


काठमाडौं -  विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै न्युरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसमाथि १–० को साँघुरो जित निकाल्दै एनआरटी जारी लिगमा तेस्रो सफलता आत्मसात् गर्न सफल भयो। एनआरटीको जितमा दर्शन गुरुङको गोल नै निर्णायक बनेको थियो। जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ। लिगमा आफ्नो छैटौं खेल सकिँदा एनआरटीले तीन जित, एक बराबरी र दुई हार सामना गरेको छ।
यस सिजन एनआरटीले १० अंक बटुले पनि गत रेलिगेसनबिनाको लिगमा पुछारमा रहेकाले दुई अंक घटाइएको छ। शीर्षको मच्छिन्द्र भन्दा पाँच अंकले पछि रहेको एनआरटीले च्यासलमाथि सनसनीपूर्ण जित निकाल्दै लिगमा आफू पनि बलियो टोली रहेको संकेत गरेको थियो। छैटौं खेलमा पनि एनआरटीले बलियो टोली पुलिसलाई निराश बनाउँदै लिगमा आफ्नो अस्तित्व बलियो रहेको साबित गरेको छ।

यता, पुलिसले लिगमा ६ खेल पूरा गर्दा दोस्रो हार बेहोरेको छ। समान २/२ जित र बराबरीको नतिजा सामना गरेको पुलिस ८ अंकसहित सातौं स्थानमा झरेको छ। तुलनात्मक रूपमा पाससँगै बल पोसेसनमा पुलिस हाबी देखिए पनि गोल अवसर बनाउन भने एनआरटी अब्बल देखिएको थियो। पुलिसले दुई पटक राम्रो अवसर बनाउँदा एनआरटीले ६ पटक पोस्ट आक्रमण बुन्यो र एक पटक सफल पनि भयो। खेल सकिन १४ मिनेट बाँकी छँदा एनआरटीले अग्रता लिएपछि रक्षात्मक रणनीति अपनाएको थियो। जसको फाइदा लिँदै पुलिसले आक्रमण बढाए पनि एनआरटीको रक्षापंक्ति र गोलकिपर अजित प्रजापतिले सफल हुन दिएनन्। ७६औं मिनेटमा दर्शन गुरुङले गरेको गोल निर्णायक बन्यो।

दायाँ कर्नरबाट राजेश परियारको उत्कृष्ट क्रसमा पेनाल्टी बक्सको मध्यभागमा रहेका दर्शनले वान टच गर्दै गोल गरेका थिए। त्यो गोल नै एनआरटीलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। त्यसअघि पहिलो हाफमा दुवै तर्पmबाट खासै राम्रो अवसर बन्न सकेको थिएन। खेलको २५औं मिनेटमा पुलिसका भरपर्दा खेलाडी रविन श्रेष्ठ चोटका कारण मैदानबाट बाहिरिएपछि अन्जन राईले अवसर पाए। ३७औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट पुलिसका सुमन लामाको कडा प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले पन्च गर्दै बचाएका थिए। त्यो नै पहिलो हाफ राम्रो मुभ थियो। ४८औं मिनेटमा पुलिसका मानबहादुर परियारको हेड बल एनआरटीका एरिक विष्टले गोललाइनबाट क्लियर गर्दै आफ्नो टोलीको संकट टारे। ७८औं मिनेटमा राजेश परियारले डी बक्सभित्रबाट हानेको कडा प्रहार पुलिस गोलकिपर शत्रुघ्न चौधरीले बचाउ गरे।

अतिरिक्त समयमा पुलिसका अञ्जन राईले करिब ३६ यार्ड टाढाबाट गरेको सशक्त प्रहार बारमा लागेर फर्किएपछि एनआरटीले साँघुरो जित आत्मसात् ग¥यो। हारपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले स्तरअनुरूप खेल्न नसक्दा आफ्नो टोलीले यस सिजनको लिगमा सबैभन्दा खराब प्रदर्शन गरेको बताए। ‘हामी तीन अंकका लागि आएका थियौं। तर खेलाडीले स्तरअनुरूप खेल देखाउन सकेनन्,’ प्रशिक्षक थापाले भने, ‘एनआरटी खासै राम्रो टोली हैन। हाम्रा खेलाडीले निकै खराब प्रदर्शन गर्दा एनआरटीले त्यसको फाइदा लियो।’ एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पनि आफ्नो टोलीको प्रदर्शन चित्तबुझ्दो नभए पनि तीन अंक प्राप्त भएको बताए। ‘मुख्य कुरा तीन अंक आयो। तर खेलाडीको प्रदर्शनबाट भने सन्तुष्ट छैन’ शाक्यले भने ,‘ हाम्रो रणनीतिअनुसारको खेल हुन सकेन। टिममा सेट भएका खेलाडी नहुँदा राम्रो प्रदर्शन हुन सकेन। पुलिसको खेल पहिलेजस्तो नहुँदा फाइदा भयो। बाह्रै महिना प्रशिक्षण गर्ने विभागीय टोलीको स्तर माथि नै हुनुपर्छ।’   

बलियो च्यासल पुनःबराबरी
उपाधि दाबेदारका रूपमा हेरिएको च्यासल युथ क्लबले लगातार दोस्रो बराबरी खेलेपछि लिगमा खराब लयलाई निरन्तरता दिएको छ। सोमबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि च्यासलले खराब लयलाई बिर्सन सकेको छैन। यसअघि पुलिससँग बराबरीमा रोकिएको च्यासलले एपिएफसँग पनि सोही किसिमको नतिजा सामना ग-यो। ६ खेल सकिँदा एक खेल मात्र जितेको च्यासल ६ अंकसहित दशौं स्थानमा छ। दुई खेल हारेको च्यासलले तीन खेल बराबरी गरेको छ। च्यासलभन्दा एक स्थान तल रहेको एपिएफले पनि ६ खेल सकिँदा एक मात्र जितसहित पाँच अंक जोडेको छ। क्षमतावान् खेलाडीको प्रभुत्व रहेको च्यासलले राम्रो अवसर बनाए पनि गोल गर्न नसक्दा बराबरीमै चित्त बुझायो। यस सिजन लिगका सर्वाधिक पाँच गोलकर्ता सन्तोष साहुखललाई एपिएफको रक्षापंक्तिले खुलेर खेल्ने अवसर नै दिएन।

च्यासलले सुन्दर पास खेल्दै ६६ प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राखे पनि एपिएफले लामो पासबाट विपक्षीलाई दबाब सिर्जना गरेको थियो। बल पासमा च्यासल निकै अब्बल देखिए पनि गोल अवसरमा भने एपिएफ हाबी भयो। एपिएफले पाँच पटक उत्कृष्ट अवसर सिर्जना गर्दा च्यासल दुई पटक मात्र आक्रमण बुन्न सफल भयो। खेलको १५औं मिनेटमा एपिएफका नवीन लामाको सशक्त प्रहार च्यासलका गोलकिपर एलन न्यौपानले पन्च गर्दै बाहिर फ्याँकिदिए। सोही अवसरबाट प्राप्त कर्नरमा एपिएफका राजन गुरुङको उत्कृष्ट हेडरलाई पुनः एलेनले विफल तुल्याउँदै आफ्नो टोलीको संकट टारेका थिए। २०औं मिनेटमा च्यासलले गोलको सुनौलो अवसर गुमायो।

सुनील खड्काले डिफेन्डरलाई बिट गर्दै बनाएको वान भर्सेस वानको स्थितिमा एपिएफका गोलकिपर अमृतकुमार चौधरीले उत्कृष्ट बचाउ गरे। च्यासलले अर्को अवसर बनाउँदा २५औं मिनेटमा अमिर श्रेष्ठले डी बक्सभित्रबाट हानेको सशक्त प्रहारलाई एपिएफका गोलकिपर चौधरीले पन्च गर्दै बाहिर पठाए। ३८औं मिनेटमा एपिएफका रवि थिङले करिब १९ यार्डबाट गरेको प्रहार च्यासलका गोलकिपर एलेनले बचाए। पहिलो हाफमा दुवै टोली बराबरीमा रहे। दोस्रो हाफमा भने दुवै तर्पmबाट खासै राम्रो अवसर बन्न सकेन। ५४औं मिनेटमा युवराज खड्काको क्रसमा राजीव लोप्चनको हेडरलाई एलेनले पन्च गर्दै च्यासलको हारको संकट टारेका थिए। बराबरीपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले पाएको मौकामा चुक्दा बराबरीमै चित्त बुझाउनुपरेको बताए।

‘समग्र खेल राम्रो नै थियो, तर पाएको मौका सदुपयोग नहुँदा नतिजा आउन सकेन,’ प्रशिक्षक साहुखलले भने, ‘लामो पासमा एपिएफले दबाब दियो। हामीले राम्रो गर्न सकनौं र बराबरी सामना गर्नुप-यो।’ एपिएफका प्रशिक्षक राजेन्द्र तामाङ भने बराबरीमा खुसी देखिए। ‘च्यासल राम्रो टोली हो। बलियो टोली हुँदा पनि हामीले नयाँ खेलाडीलाई अवसर दिएका थियौं। युवा खेलाडीले राम्रो खेले र काउन्टर पनि सिर्जना गर्न सफल भए,’ प्रशिक्षक तामाङले भने, ‘आज हार्न नहुने थियो र बराबर गर्न सफल भयौं।’ दायाँ कर्नरबाट राजेश परियारको उत्कृष्ट क्रसमा पेनाल्टी बक्सको मध्यभागमा रहेका दर्शनले वान टच गर्दै गोल गरेका थिए। त्यो गोल नै एनआरटीलाई तीन अंक दिलाउन पर्याप्त बन्यो।

प्रकाशित: २९ पुस २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App