२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ओजिलको आलोचना व्यक्तिगतः वेंगर

लन्डन – आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले मेसुट ओजिलले चीनको सरकारले उजिहुर मुस्लिमलाई गरेको व्यवहारको आलोचना आर्सलनको नभई उनको अभिव्यक्ति राख्न पाउने अधिकारअन्तर्गत भएको प्रतिक्रिया दिएका छन्। मिडफिल्डर ओजिल (जो आफंै मुस्लिम हुन्) ले उजिहुरलाई अन्यायविरुद्ध लड्ने बहादुर योद्धाको संज्ञा दिँदै चिनियाँ अधिकारी र यो विषयमा मौन बसेका मुस्लिम समुदायको आलोचना गरेका थिए।

आर्सनलले पनि विज्ञप्ति जारी गर्दै त्यो ओजिलको व्यक्तिगत धारणा भएको र क्लब राजनीतिबाट टाढा रहेको बताएको छ। यता चिनियाँ विदेश मन्त्रालयले ओजिलले सुनेको खबर निराधार भएको बताएको छ। ‘ओजिलले जे भने, त्यो उनको धारणा हो, क्लबको होइन,’ वेंगरले भने, ‘सबै मानिसको जस्तै ओजिलले पनि आफ्नो व्यक्तिगत धारणा राख्न पाउने अधिकार छ। जसको उनले यो विषयमा प्रयोग गरेका हुन्। उनले जे धारणा सार्वजनिक गरे, त्यही धारणा सबैको हुनुपर्छ भन्ने छैन।’

प्रकाशित: ३ पुस २०७६ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App