२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

महिला क्रिकेट श्रीलंकासंग पराजित

फाइल फोटो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल पराजित भएको छ।

पोखरा रंगशालामा शुक्रबार भएको लिगको अन्तिम खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग पराजित भएको हो।

यो संगै नेपालको महिला क्रिकेटमा स्वर्ण जित्ने सपना सकिएको छ। तीन खेल मध्ये नेपालले माल्दिभ्सविरुद्ध मात्रै जीत दर्ता गराएको थियो। 

टस हारेर फिल्डङको निम्तो पाएको नेपालले १ सय १९ रनको लक्ष्य पछ्याएको थियो। २० ओभर पुरै खेल्दा नेपालको ९ विकेट गुम्यो। ७७ रन मात्र बनाएको नेपाल ४१ रनले पराजित भयो।

खेलमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । श्रीलंकाकी सचिनी निसान्सालाले ३ तथा सत्या संदीपानीले २ विकेट हात पारिन्।

श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनायो। उसका लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५ तथा सत्याले २२ रनको योगदान गरे।

प्रकाशित: २० मंसिर २०७६ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App