१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

गोल्डेनपिक र डाफोडिल क्वाटरफाइनलमा

काठमडौं – गोल्डेनपिक र डाफोडिल सोमबार भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

गोल्डेनपिकले त्रिज्योतिलाई ५७–४४ ले तथा डाफोडिलले एन्जल्स हर्टलाई ३५–२५ ले पराजित गरे। गोल्डेनपिकका गोपाल भण्डारीले १८ अंक जोडे। ब्वाइजमै भ्याली पब्लिक ‘ए’ ले टिआइएलाई ३९–२४ ले हरायो। विजेताका राहुल विकले २२ स्कोर गरे।

गल्र्समा ग्रिनल्यान्डले भद्रकालीलाई २२–१२ तथा त्रिज्योतिले फ्लोरोसेन्टलाई २९–२० ले पाखा लगाए। ग्रिनल्यान्डकी शीतोष्णा केसीले ११ तथा त्रिज्योतिकी सिरीषा राईले ८ अंक जोडिन्।

प्रकाशित: ३ मंसिर २०७६ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App