१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल : नेपाल र माल्दिभ्स उपाधिका लागि भिड्ने

काठमाडौं – तेस्रो खेलसम्म अपराजित यात्रा कायम राख्दै नेपाल बंगलादेशमा जारी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल  च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा मंगलबार सम्पन्न लिगको आफ्नो तेस्रो खेलमा आयोजक बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपालले अन्तिम खेल अगावै फाइनलमा स्थान बनाएको हो। नेपालले लिगको अन्तिम खेल बुधबार माल्दिभ्ससँग खेल्नेछ। पराजयसँगै बंगलादेशको फाइनल पुग्ने सम्भावना समाप्त हुँदा माल्दिभ्सले पनि एक खेल अगावै उपाधिका लागि नेपालसँगको भेट पक्का ग¥यो।

बंगलादेशले लिगको अन्तिम खेलमा बुधबार किर्गिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। माल्दिभ्सविरुद्ध पनि जित निकाल्दै नेपाल अपराजितको रूपमा लिगमा शीर्ष स्थान हासिल गर्ने दाउमा छ। तीन खेल सम्पन्न हुँदा तुलनात्मक रूपमा नेपाल माल्दिभ्सभन्दा बलियो देखिएको छ।

नेपालले तीनै खेलमा सोझो सेटमार्पmत सफलता हात पार्दा माल्दिभ्सले भने किर्गिस्तानविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको थियो। माल्दिभ्सले बंगलादेशसँग पनि संघर्षपूर्ण जित निकालेको थियो। त्यसैले पनि बुधबारको अन्तिम लिग खेलमा माल्दिभ्सविरुद्ध नेपाल हाबी हुनसक्नेछ। नेपालले मंगलबार घरेलु दर्शकको साथ पाएको बंगलादेशविरुद्ध एकतर्फी दबाब बनाएको थियो।

नेपालले लगातार दबाब बनाउँदा बंगलादेशले तीनै सेटमा ७ भन्दामाथिको स्कोर बनाउन सकेन। नेपालको उत्कृष्ट खेलपछि आयोजक टोली निरिह बन्न बाध्य भयो। उपाधि लक्ष्यसहित ढाका गएको नेपालले बंगलादेशविरुद्धको पहिलो सेट सहजै आफ्नो पक्षमा पारेसँगै प्रशिक्षक जगदीश भट्टले दोस्रो र तेस्रो सेटमा युवा खेलाडीलाई अवसर दिएका थिए।

पहिलो सेटमा नेपालले ७ स्कोर बटुलेपछि मात्र बंगलादेशले खाता खोलेको थियो। पहिलो रोजाईका खेलाडीका साथ उत्रिएको नेपालले पहिलो सेट २५–६ ले सहजै आफ्नो बनायो। दोस्रो सेटमा भने नेपालका प्रशिक्षक भट्टले अनुभवी खेलाडी सरस्वती चौधरी र रेश्मा भण्डारीलाई आराम दिए। उनीहरूको स्थानमा युवा खेलाडी पुनम चन्द र निरुता ठगुन्नाले अवसर पाए।

युवा खेलाडीबाट पनि राम्रो साथ पाएपछि नेपालले दोस्रो सेटमा १५ अंक बनाउँदा समेत बंगलादेशलाई कुनै अंक जोड्ने अवसर दिएन। नेपालकी प्रतिभा मालीको स्पाइक ब्लक गर्दै बंगलादेशले दोस्रो सेटमा खाता खोलेको थियो। यद्यपि यस सेट पनि नेपालले २५–६ ले सहजै आफ्नो बनाउन सफल भयो। नेपाल तेस्रो सेटमा पनि सहजै हाबी हुँदा २५–६ ले आफ्नो पक्षमा बनाउन सफल भयो।

नेपालको जितमा सुनिता खड्का प्लेयर अफ दी म्याच घोषित भइन्। जितपछि नेपालका प्रशिक्षक भट्टले आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका थिए। ‘हालसम्म खेलाडीको प्रदर्शनबाट एकदम खुसी छु,’प्रशिक्षक भट्टले भने,‘सबै खेलाडीले राम्रो प्रदर्शन गरे। आगामी १३औं सागको तयारीका लागि नयाँ खेलाडीलाई पनि अवसर दिएको थिएँ। उनीहरूले पनि आफूलाई साबित गरे।’

नेपालकी कप्तान अरुणा शाहीले पनि आफ्नो टोलीको प्रदर्शनबाट खुसी रहेको बताइन्। उनले फाइनलमा नयाँ रणनीतिका साथ उपाधि जित्ने लक्ष्य राखेको बताएकी छन्। पाँच टोलीले सहभागिता जनाएको प्रतियोगिताको राउन्ड रोबिन लिगपछि नेपाल र माल्दिभ्सले बिहीबार उपाधिका लागि खेल्नेछन्। सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ।

लिगको एक खेल अगावै फाइनलमा स्थान बनाएको नेपाल र माल्दिभ्सले लिगको अन्तिम खेल बुधबार खेल्नेछ। दुवै टोली तीन खेलसम्म अपराजित रहँदा उपाधिनजिक पुगेका हुन्।

 

प्रकाशित: २७ कार्तिक २०७६ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App