१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारत र पाकिस्तानका लागि तटस्थ स्थल

इस्लामाबाद – यसै महिना पाकिस्तान र भारतबीच हुने डेभिस कप टेनिस प्रतियोगिता सुरक्षाका कारण देखाउँदै तटस्थ स्थानमा खेलाउने अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ) जनाएको छ।

एसिया र ओसियाना क्षेत्रअन्तर्गत समूह ‘आई’ को खेल सुरुमा सेप्टेम्बरका लागि तय भएको  थियो। तर, कास्मिरको विषयलाई लिएर प्रतियोगिता नोभेम्बर २९ र ३० तारिखका लागि सरेको थियो। सुरक्षालाई मध्यनजर राख्दै प्रतियोगिता सारिएको थियो।

सोमबार अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) ले जारी विज्ञप्तीमा सुरक्षाको विषयलाई मध्यनजर राख्दै प्रतियोगिताको नयाँ मिति तय गर्ने जनाएको छ। ‘आइटिएफ र डेभिस कप कमिटीले पहिलो सुरक्षाको विषयलाई सुनिश्चित गर्नुपर्छ। खेलाडी, अफिसियल र आयोजक सबैको सुरक्षाको विषयलाई ग्यारेन्टी गर्नुपर्छ। त्यसपछि मात्र खेल गराउने निर्णयमा जानुपर्छ,’ आइटिएफले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ।

डेभिस कपको नियमअनुसार पाकिस्तान टेनिस संघले तटस्थ स्थल छनोट गर्न पाउँछ। पाँच दिन पाकिस्तानलाई समय सीमा तोकिएको छ,’ आइटिएफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। प्रतियोगिताका लागि स्थल तोकेपछि मात्र खेल हुने नहुने निश्चित हुनेछ। पाकिस्तान र भारतको हिमालयन क्षेत्र कास्मिरको विषयलाई लिएर यसअघि नै प्रतियोगिताको स्थल अनिश्चित बनेको हो।

ब्रिटिसको शासनबाट कास्मिर सन् १९४७ मा छुट्टिएसँगै यस क्षेत्रलाई लिएर भारत र पाकिस्तानबीच द्वन्द्व चल्दै आएको छ। गत अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मीर क्षेत्रमा नयाँ कानुन लगाएका थिए। जहाँ भारतको केन्द्र सरकारकै प्रत्यक्ष नियन्त्रण सुरु भएको थियो। 

यसअघि भारतीय टेनिस टिमले डेभिस कप पाकिस्तानको क्षेत्रमा सन् १९६४ मा खेलेको थियो। उक्त खेलमा पाकिस्तानलाई ४–० ले हराएको थियो भने २००६ मुम्बईमा सम्पन्न खेलमा भने पाकिस्तान ३–२ ले पराजित भएको थियो।

भारत र पाकिस्तानको एसिया र ओसियाना क्षेत्रअन्तर्गत समूह ‘आई’ को खेल सुरुमा गत सेप्टेम्बरका लागि तय भएको  थियो। तर, कास्मिरको द्वन्द्वका कारण खेल हुन सकेन। सोमबार अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) ले जारी विज्ञप्तीमा सुरक्षाको विषयलाई मध्यनजर राख्दै प्रतियोगिताको नयाँ मिति तय गर्ने जनाएको छ।

 

प्रकाशित: २१ कार्तिक २०७६ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App