१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सुष्मा र जेनिश उत्कृष्ट बक्सर घोषित

काठमाडौं – पोखराका जेनिश गुरुङ र नक्सालकी सुष्मा तामाङ प्रथम यु–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार उत्कृष्ट बक्सर घोषित भएका छन्।

प्रतियोगितामा उत्कृष्ट बक्सरद्वय जेनिश पुरुष ५६ केजी र सुष्मा ४६–४८ केजी तौलसमूहका स्वर्ण विजेता हुन्। पुरुषतर्फ ४९ केजीमा रबन ओलीले दाङका सुरज ओली, ५२ केजीमा कास्कीका सुरज गुरुङले दाङका रोहन मलिक, ६० केजीमा दाङका अनिलकुमार पुन मगरले बाँकेका इन्द्रबहादुर सुनुवारलाई हराउँदै स्वर्ण जिते।

त्यस्तै ६४ केजीमा कैलालीका सम्राट चौधरीले झापाका तोबिन प्रधान, ६९ केजीमा कास्कीका निरज थापाले बक्समान्डुका मनीष भुजेल र ७५ केजीमा मकवानपुरका निश्चल बिष्टले नक्सालका सम्पन्न तण्डुकारलाई फाइनलमा पराजित गरी स्वर्ण जिते।

ललितपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको ४८–५२ केजीमा झापाकी नरिका राईले दमककी अनिशा कुमाल, ५१–५४ केजीमा एपिएफकी सन्जुमाया थिङले बिएफसीकी सुमिना खड्का, ५४–५७ केजीमा झापाकी सुस्मिता राईले नक्सालकी मुस्कान डंगोल, ५७–६० केजीमा बक्समान्डुकी डेछेन शेर्पाले पोखराकी अस्मिता बस्नेत तथा ६०–६४ केजीमा झापाकी तृषना जबेगुले बक्समान्डुकी हेमा राईलाई हराउँदै स्वर्ण जिते।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा केन्द्रमा सम्पन्न प्रतियोगिताको पुरुषमा पोखरा तथा महिलामा झापा टिम च्याम्पियन बन्न सफल भयो। विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए।

 

प्रकाशित: २१ कार्तिक २०७६ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App