१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जुडो टोलीको बिदाइ

काठमाडौं – मोरक्कोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई शनिबार बिदाइ गरिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमबीच चार सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो। दुई खेलाडी सम्मिलित नेपाली टोलीलाई राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरेका थिए। यही अक्टोबर १६ देखि २० सम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन्।

मनिताले ५६ केजीमुनि तौलसमूह र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्नेछिन्। प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न तुलाधार रहेका छन्। सो च्याम्पियनसिपमा ८८ राष्ट्रका ३ सय २१ पुरुष र २ सय ३६ महिलाले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए।

नेपाली टोलीले यस सहभागितालाई आगामी मंसिरमा नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीको रूपमा समेत लिएको छ। बिदाइको अवसरमा राखेप सदस्यसचिव सिलवालले देशको झन्डासँगै राष्ट्रियता सम्झेर उत्कृष्ट चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।  
 

प्रकाशित: २६ आश्विन २०७६ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App