१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओस्लो ब्रर्दरहुड दसैं कपको उपाधि नर्वे एनआरएनलाई

ओस्लो (नर्वे)- नर्वेमा बसोबास गर्ने नेपालीहरुबीच भातृत्व कायम गर्न नेपाली महान चार्ड विजय दशमीको अवसरमा पारेर नर्वेको राजधानी ओस्लोमा भएको ओस्लो ब्रर्दरहुड दसैं कप फुटबलको उपाधी एनआरएन नर्वेले हात पारेको छ। 

एनआरएन नर्वेले दसैं कपको उपाधिसँगै ३५ सय क्रोनर (करिब ४५ हजार नेपाली रुपैँया) नगद, मेडल र प्रमाणपत्र पाएको हो। त्यसैगरी रनरअपको उपाधि नेस्कोले हात पारेको छ। नर्वेमा अध्ययन गर्ने विद्यार्थीहरुको संस्था नेस्कोले दोस्रो स्थान हासिल गर्दै १५ सय क्रोनर (करिब १८ हजार नेपाली रुपैँया) नगद, मेडल र प्रमाणपत्र हात पारेको आयोजक तर्फका सागर अर्यालले जानकारी दिए। 

उनका अनुसार खेलमा नर्वेमा रहेका विभिन्न नेपाली संघसंस्थाका ८ वटा टिमले सहभागिता जनाएका थिए। खेलमा वेस्ट प्लेयर सन्नी पराजुलीलाई घोषणा गरिएको थियो भने हाइ स्कोर गर्ने खेलाडी मौसम नेपाल बनेका आर्यालले बताए। नारायणसिह मल्ल र जेनिश बानियाँले खेलमा रेफीको भूमिका निर्वाह गरेका थिए। 

नर्वेमा बस्ने नेपालीहरुबीच भातृत्व कायम तथा दसैंको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले दसैं शुरु भएकै दिन भएको खेललाई सफल बनाउन एनआरएन नर्वेका युवा संयोजक नारायण थापाले प्रमुख भूमिका निर्वाह गरेको आयोजक सदस्यले अर्यालले जानकारी दिए। त्यसैगरी नर्वेमा बसोवास गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरु जितेन्द्र शाही, कुमार पण्डित, एनआरएन अध्यक्ष नर्वेका नयन मल्ल, एनसीसी मेम्बर राजु आर्याल, डाक्टर प्रलय रिजाल लगायतले आर्थिक सहयोग गरेका थिए।

करिब चार सय नेपाली र दर्जनौं विदेशको उपस्थिती रहेको खेलमा नेपालको पर्यटनबारे संगीतमार्फत नर्वेमा प्रचारप्रसार गरिरहेका बेलायती नागरिक अलेक्जेन्डर स्लोकोम्बे (अलेक्स नेपाली)ले नेपाली गीत गाएर मनोरन्जन दिलाएका थिए। 

प्रकाशित: १६ आश्विन २०७६ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App