१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा

काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली  खेलकुद (साग) का लागि टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ। पुरुष÷महिला दुवैमा समान ५ खेलाडी छनोट भएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनील महर्जन क्रमशः शीर्ष पाँच स्थानमा रहँदै छनोट भए। महिलामा शीर्ष ५ मा रहँदै छानिनेमा क्रमशः प्रहरीकी नविता श्रेष्ठ, नेपाल आर्मीकी रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन तथा एपिएफकी सिका सुवाल छन्।

पुरुषतर्फ नम्बर वान खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण अन्तिम छनोटमा सहभागी हुन पाएनन्। ‘फिट’ भएको खण्डमा श्यान्टुले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनीलसँग पुनः छनोट खेल्न अवसर पाउने प्रथम उपाध्यक्ष वज्राचार्यले जनाएका छन्।
 

 

प्रकाशित: १३ आश्विन २०७६ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App