१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यु–१८ च्याम्पियनसिप– फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकियो

काठमाडौं– साफ यु–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी चित्त बुझाएको छ।   घरेलु मैदानमा नेपालले उत्कृष्ट खेल पस्के पनि जित हाँसिल गर्न भने सकेन।

खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो। पहिलो हाफको १४ औ मिनेटमा माल्दिभ्सका लागि हसन नजिबले गोल गरेका थिए। नजिबले पेनाल्टी मार्फत गोल गरेका हुन्।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि मनिष डाँगीले बराबरी गोल फर्काएका थिए। उनले बृजेश चौधरीको पास सदुपयोग गर्दै  ७४ औ मिनेटमा गोल फर्काएका  हुन्।

नेपालले उत्कृष्ट खेल पस्के पनि थप गोल भने गर्न सकेन। माल्दिभ्सका गोलकिपर हसन अलिले उत्कृष्ट खेल पस्किएपछि नेपालले थप गोल गर्न नसकेको हो।

प्रतियोगितामा ६ देशले सहभागिता जनाएका छन्। समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल असोज ५ गते भुटानसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

प्रकाशित: ३ आश्विन २०७६ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App