१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मणिविक्रम शाह स्मृति फुटसल

काठमाडौं – लिटिल एन्जल्स (एलए) स्कुलले मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ।आइतबार भएको फाइनल खेलमा एलएले माउन्ट ग्लोरी स्कुललाई ४–२ गोलअन्तरले हराउँदै पहिलो संस्करणको च्याम्पियन ट्रफी उचालेको हो।

एलएको जितमा सिद्धान्त ठकुरीले २ गोल गर्दा मुनाल थापा र विकास पुनले १÷१ गोल थपेका थिए। उपविजेतामा चित्त बुझाएको माउन्ट ग्लोरीका एलेक्स पौडेल र सञ्जय लामाले समान एक गोल फर्काएका  थिए।

उपाधि विजेता टोलीले २५ हजार र उपविजेता टोलीले १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। व्यक्तिगत पुरस्कारतर्फ एलएको एकाधिकार रह्यो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एलएका बिसम पुनले हात पार्दा उत्कृष्ट गोलकिपरमा एलएका आकाश राई चुनिए। प्रतियोगिता अवधिभर चार खेलबाट ९ गोल गरेका एलएका सिद्धान्त ठकुरी सर्वाधिक गोलकर्ता भए।

विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, प्रिन्सिपल मुकुन्द शर्मा, स्वर्गीय शाहकी धर्मपत्नी नवीना शाहलगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: ३० भाद्र २०७६ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App