२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्यान्डले ग-यो शृंखला बराबरी

कोलम्बो – न्युजिल्यान्डले सोमबार अन्तिम तथा तेस्रो टेस्ट आफ्नो बनाउँदै श्रीलंकाविरुद्धको टेस्ट शृंखला १–१ को बराबरी गर्न सफल भएको छ। पाँचौं दिन सकिन एक घण्टा बाँकी छँदा श्रीलंकाका लासिथ इम्बोल्डेनियालाई अन्तिम विकेटका रूपमा पवेलियनको बाटो देखाउँदै ट्रेन्ट बोल्टले न्युजिल्यान्डलाई जित दिलाउनुका साथ शृंखलासमेत जोगाए। पहिलो इनिङमा १ सय ८५ रनले अग्रता लिएको न्युजिल्यान्डले दोस्रो इनिङमा ६ विकेटको गुमाउँदै ४ सय ३१ रन जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको थियो। जबाफी ब्याटिङमा उत्रिएको श्रीलंका दोस्रो इनिङमा १ सय २२ रनमै समेटिएपछि न्युजिल्यान्डले एक इनिङ र ६५ रनको सहज जित निकालेको हो।

कोलम्बो पी सारा ओभलमा खेलको अन्तिम दिन १९.४ ओभर बाँकी हुँदा अम्पायरले खराब प्रकाशको कारण खेल बराबरी गर्न पनि सक्ने अवस्था थियो। यद्यपि, न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टले अन्तिम विकेट लिँदै खेल आफ्नो पक्षमा पारेका थिए। पहिलो चार दिन खेलमा वर्षासँगै ओसिलो मैदान र खराब प्रकाश थियो। यद्यपि, अन्तिम दिन खेल ३० मिनेट ढिला सुरु भए पनि मौसम राम्रो थियो। तर, घरेलु टोली श्रीलंकाले शृंखला भने आफ्नो बनाउन सकेन।

अन्तिम दिन श्रीलंकाले खराब सुरुआत गर्दा खानाअघि नै पाँच विकेट गुमाउँदा ३२ रन बनाएको थियो। तर, विकेटकिपर निरोसन डिकवेलाले समालिएर ब्याटिङ गर्दै श्रीलंकाको इनिङ जोगाउने प्रयास गरेका थिए। तर, उनी पनि ५१ रनमा आउट भएपछि श्रीलंकाको इनिङ धराशयी बन्यो। उसका कप्तान दिमुथ करुनारत्नेले २१ रन बनाउँदै इनिङ सम्हाल्ने प्रयास गरे पनि असफल भए।

त्यसपछि कुनै पनि ब्याट्सम्यानले टिक्न नसक्दा घरेलु टोली सस्तैमा समेटियो। न्युजिल्यान्डको जितमा टे«न्ट बोल्ट, टिम साउथी, अजाज पटेल र विलियन सोमरभिलले  समान दुई विकेट लिँदा कोलिन डी ग्रान्डहोमले एन्जेलो म्याथ्युजको महŒवपूर्ण विकेट लिएका थिए। न्युजिल्यान्डको पहिलो इनिङमा १ सय ५४ रनको योगदान दिएका टोम लाथम प्लेयर अफ दी म्याच घोषित भए।

 

प्रकाशित: १० भाद्र २०७६ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App