२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्सेमा हरियाली: फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा कायम भएको छ। आइतबार सेयर बजारका सबै सूचक बढेका छन्।

सेन्सेटिभ इण्डेक्स ९.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ। आइतबार कारोबार रकम भने घटेको छ।

अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज आइतबार ६ अर्ब १३ करोडमा सीमित भयो। कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रह्यो।

आइतबार फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ। फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढेको छ।

 

प्रकाशित: २० आश्विन २०८१ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App