१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रेडियन्ट सेमिफाइनलमा

काठमाडौं – आयोजक रेडिअन्ट सोमबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ  सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले इबिएलाई २८–१४ ले पराजित ग¥यो। रेडिअन्टका रोहित चौधरीले ५ अंक जोडे। जुनियर ब्वाइजमै दोहोरो जित निकालेको सेब क्वार्टरफाइनलमा पुग्यो। सेबले

एलआरआईलाई २५–१६ तथा हिमालयलाई २७–२१ ले हरायो। एलआरआईविरुद्ध सेबका विकास गुरुङले ६ तथा हिमालयविरुद्ध सेबका विकास डंगोलले ८ स्कोर गरे। सिनियर ब्वाइजमा रूपिजले एआइएलाई ४४–३० तथा रेडिअन्टले अद्वितीयलाई २७–१९ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। रूपिजका रेमन धमलाले २० तथा रेडिअन्टका उपेन्द्र बस्नेतले ८ अंक जोडे।

सिनियर गल्र्समा निम्सले स्वर्णिमलाई २१–१४, रातो बंगलाले ज्योति एकेडेमीलाई २१–१७ र सिद्धार्थ वनस्थलीले द एक्सेल्सियरलाई २२–१४ ले निराश पार्दै क्वार्टरफाइनल यात्रा तय गरे। निम्सकी जोही मगरले ७, रातो बंगलाकी नुर प्रधानले ११ र सिद्धार्थ वनस्थलीकी यशश्री गुप्ताले ११ अंक जोडे।

प्रकाशित: १० भाद्र २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App