१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजक बौद्ध सेमिफाइनलमा

काठमाडौं – आयोजक बौद्ध इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले बुद्ध एकेडेमीलाई २१–१६ ले पराजित ग¥यो। विजयी टिमका लागि सराह महर्जनले ८ अंक जोडिन्। सिनियर ब्वाइजमा रूपिज, टिआइए, ड्याफोडिल र आयोजक बौद्ध इन्टरनेसनल स्कुलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे।

रूपिजले न्यु बुद्ध प्रकाशलाई ५५–३६ ले हरायो। रूपिजका देवाशिष शाहले १९ स्कोर गरे। टिआइएले ज्ञानदीपलाई ७८–२५ ले पाखा लगायो। टिआइएका सम्राट गुरुङले २० अंक जोडे। ड्याफोडिलले बुद्ध एकेडेमीलाई ८२–६४ ले पन्छायो। ड्याफोडिलका प्रिन्स गुरुङले ३३ अंक बटुले। बौद्धले अर्बिटमाथि ४५–२९ को जित दर्ता ग¥यो। बौद्धका तेन्जिङ ग्यात्छोले १२ अंक जोडे

प्रकाशित: ४ भाद्र २०७६ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App