१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मनवीर र सोभितको जोडी सेमिफाइनलमा

काठमाडौं – आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित रानामगरको जोडी पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा मनवीर र सोभितको जोडीले राइजिङ क्लबका चोविन्द्र जिसी र प्रकाश जिसीको जोडीलाई २१–१८ र २१–१५ को सोझो सेटमा पराजित हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् । एपिएफका विजय थापा र बली चौधरीको जोडीले पनि सेमिफाइनलमा स्थान बनाउँदा सौजन्य रानीपानीका होम पुन र विकास छन्त्यालको जोडीलाई २१–१६, १५–२१ र २१–१४ को सेटमा हराए ।

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को प्रायोजनमा भइरहेको प्रतियोगितामा आयोजक ‘बी’ का हेम छन्त्याल र महेन्द्र शेरचन, गण्डकीका कुञ्जन शाही ठकुरी र राजन दर्लामीमगर तथा सनराइज क्लब ‘ए’ का ओमप्रकाश जिसी र तिलक कुँवरको जोडी क्वार्टरफाइनलमा पुगेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रकाशित: २५ श्रावण २०७६ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App