७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आईसीसी वरियतामा पारसको छलाङ्

काठमाडौं– इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरियतामा पारस खडकाले अलराउण्डरतर्फ आफ्नो स्थान सुधार गरेका छन्। पारससँगै वरियतामा नेपाली क्रिकेट टाेलीका सदस्य सोमपाल कामी र वसन्त रेग्मी पनि अटाएका छन्।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा पारस खड्काले ९० अंक प्राप्त गर्दै २५ र्औ स्थानमा अटाएका छन्। वरियतामा खड्काले राशिद खान, किमो पाउल, क्रिस गेल, हार्दिक पाण्ड्यालगायतका खेलाडीहरुलाई पछि पारेका छन्। त्यस्तै, नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामी अलराउण्डर तर्फ ४९ अंकसहित ६६ औं स्थानमा रहेका छन्।

व्याटिङ्तर्फ पारस खड्का ४१७ अंक सहित ६६ औं स्थानमा रहेका छन। जबकी भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी ६७ औं स्थानमा रहेका छन्। ब्याटिङ् बरियतामा क्रिस गेल, सुरेश रैनालगायतका खेलाडीहरु खड्का भन्दा पछि रहेका छन्। यता बलिङतर्फ बसन्त रेग्मी ७१ औं स्थानमा रहेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा रहेका छन्।

आइसीसीले बुधबार जारी गरेको टी २० वरियतामा वलिङतर्फ अफगानिस्तानका रासिद खान, ब्याटिङमा पाकिस्तानका बाबर आजम र अलराउण्डमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहेका छन्।  

प्रकाशित: २२ श्रावण २०७६ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App