१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ज्ञान निकेतन विजयी

काठमाडौं – ज्ञान निकेतनले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेको छ। ज्ञान निकेतनले एक्सेल्सियरलाई २७–१० ले पराजित ग¥यो। विजयी टिमका लागि सरोज थापाले १० अंक जोडे। जुनियर ब्वाइजमै नेरिक एकेडेमीले न्यु भिजनलाई २०–१५ तथा आयोजक ग्रिनफिल्ड ‘ए’ ले एलआरआईलाई २५–१२ ले हराए। नेरिकका अनुप खत्रीले १२ तथा ग्रिनफिल्ड ‘ए’ का महेश दाहालले ११ अंक जोडे। सिनियर ब्वाइजमा नेरिकले एक्सेल्सियरलाई ६५–५२ ले पाखा लगायो। नेरिकका समीप क्षत्रीले २० स्कोर गरे।

सिनियर गल्र्समा एलआरआईले ग्लेन बडलाई २५–१०, ज्योतिले नेरिकलाई २५–९ र सिद्धार्थ बनस्थलीले हर्टल्यान्डलाई २२–१६ ले पन्छाए। एलआरआईकी दीपशिखा विष्टले ११, ज्योतिकी सुस्मिता थापाले ९ र सिद्धार्थ वनस्थलीकी यशुश्री गुप्ताले १२ अंक जोडे।

प्रकाशित: २१ श्रावण २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App