१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टु ए साइड भलिबल बिहीबारदेखि

काठमाड – सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

प्रतियोगितामा १ सय १७ टिमको सहभागिता रहने सेबका संस्थापक प्रिन्सिपल युवराज थापाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार, तेस्रोले २५ हजार र चौथोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए। गत संस्करणभन्दा पुरस्कार राशिमा दोब्बरभन्दा बढीले वृद्धि गरिएको हो। गत संस्करणमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाएका थिए।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने सेबकी संस्थापक निर्देशक मधुमाया थापाले जानकारी दिइन्। तीनदिने प्रतियोगिताका खेलहरू नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट क्ले कोर्टमा हुनेछन्।

भ्याली र रेडिअन्ट विजयी
काठमाडौं, साउन १९ (नागरिक)– काठमाडौं भ्याली र रेडिअन्टले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार सफलता प्राप्त गरेका छन्।
ग्रिनफिल्डको कोर्टमा आइतबार भएको खेलमा काठमाडौं भ्यालीले बागमतीलाई २८–१६ को स्कोरमा पराजित गरेको हो। खेलमा काठमाडौं भ्यालीका सुजित राईले सर्वाधिक ११ स्कोर गरे। आइतबारै सम्पन्न अर्को खेलमा उपेन्द्र बस्नेतको सर्वाधिक १६ अंकको स्कोरमा रेडिअन्टले तोरणलाई ५३–१५ को स्कोरले स्तब्ध पारेको हो। सिनियर ब्वाइजमै एक्सेल्सियरले सेन्ट जेभियर्सलाई ४२–२७, जुबिलियन्टले एलाइट को–एडलाई ३१–२७ र बिग बुद्धले लोक आदर्शलाई ५१–३३ को स्कोरमा पराजित ग¥यो।

एक्सेल्सियरका कर्मा निमा गुरुङले सर्वाधिक २२ तथा जुबिलियन्टका सुरजकुमार दराईले १३ स्कोर गरेका थिए। जुनियर ब्वाइजमा सेबले एक्सेल्सियरलाई ३५–८, रेडिअन्टले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ३४–१८ र एन्जल्स हर्टले पिपुल्सलाई ५०–२५ ले पराजित गरे। सेबका कुमार तामाङले १०, रेडिअन्टका शिव शाहले १२ र एन्जल्स हर्टका विवश मगरले १७ स्कोर गरेका थिए। विल्सन एकेडेमीले काठमाडौं भ्यालीलाई २६–१६ तथा हर्टल्यान्डले कमललाई ३०–१० ले पराजित गरे। विल्सनकी प्रशंसा ठकुरी तथा हर्टल्यान्डकी द्रोण मगरले समान ११ अंक बटुले।

आयुश र रिमालाई स्वर्ण
काठमाडौं, साउन १९ (नागरिक)– नेपाली खेलाडी आयुश ढुंगेल र रिमा खत्रीले मलेसियामा भएको चौथो गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेका छन्।
अगस्ट २ देखि ४ तारिखसम्म भएको प्रतियोगितामा आयुशले पुरुष ३८ केजीमुनि तथा रिमाले महिला ३६ केजीमुनि स्वर्ण पदक हात पारेका हुन्। आयुशले व्यक्तिगत पुम्सेमा पनि थप एक कांस्य जिते। व्यक्तिगत पुम्सेमै चन्दु शाहीले पनि कांस्य जित्न सफल भइन्। महिला ३६ केजीमुनि हेमकला जिरेलले रजत जितिन्।

ह्यान्डबलको बन्द प्रशिक्षण पोखरामा
पोखरा, १९ साउन (नागरिक)– नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत ह्यान्डबल खेलको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ।  सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ जना खेलाडीहरू पहिलो चरणको छनोटमा परेका छन्। सागको महिला तथा पुरुषको ह्यान्डबल खेल पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछ।

प्रकाशित: २० श्रावण २०७६ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App