१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटमा इन्टरलाई सफलता

मकाउ – पोर्चुगलका मिडफिल्डर जाओ मारिओको निर्णायक गोलको मद्दतमा शनिबार इन्टर मिलानले नेइमारविहीन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पेनाल्टी सुटआउटमा ६–५ ले हराएको छ।

निर्धारित समय दुवै टोलीले १–१ गोलको बराबरी खेल्दा खेलको निर्णय टाइब्रेकबाट लिइएको थियो। दोस्रो हाफको इन्जुरी समयमा इन्टर मिलानले गोल गर्दै पिएसजीको अग्रतालाई बराबरीमा ल्याएको थियो। यसअघि पिएसजीले पहिलो हाफमा अग्रता लिएको थियो। पछि परेको इन्टरका लागि सामुयल लोगोले गोल गर्दै खेल बराबरी ल्याएका थिए। चिर प्रतिद्वन्द्वी युभेन्ट्ससँगको हारपछि निराश बनेका इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेलाई पिएसजीविरुद्धको जितले राहत मिलेको छ। युभेन्ट्ससँग इन्टर यसअघि पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध भएको थियो। उक्त खेल पनि निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा इन्टरले आक्रामक सुरुआत गरे पनि पिएसजीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। यसै सिजनमा  अनुबन्धित स्टेफानो सेन्सी र इभान पेरसिकको उत्कृष्ट खेल प्रदर्शन गर्दा पिएसजीका रक्षकलाई बचाउन  हम्मेहम्मे भएको थियो। नेइमारविना मैदान उत्रिएको पिएसजीलाई सुरुआती अग्रता दिलाउन विश्वकप विजेता टोलीका किलियन एम्बाप्पेले उत्कृष्ट पास उपलब्ध गराएका थिए। उनले दिएको पासमा थिलो केररले आकर्षका तरिकाले जाली चुमाएका थिए।

सुरुआतबाट नै आक्रामक खेलेको इन्टरले दोस्रो हाफमा पनि निरन्तरता दिँदै फ्रान्सेली टोली पिएसजीलाई दबाबमा राखेको थियो। ‘हामी यो भन्दा राम्रो खेल्न सक्छौं,’ पिएसजीका प्रशिक्षक थोमस टुचेलले भने, ‘वातावरण कठिन थियो। हाम्रा खेलाडी पूर्वाधारमा सन्तुष्ट छैनन्। पिएसजीले अर्को हप्ता रेनेजसँग खेल्नेछ।

प्रकाशित: १३ श्रावण २०७६ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App