१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वाभाविक लय जारी लक्ष्य

लड्रस – भारतविरुद्धको गत सेमिफाइनलमा टे«न्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो। लिग चरणसँगै सेमिफाइनलमा बोल्टको प्रदर्शनले निरन्तरता पाउँदा भारतीय ब्याट्सम्यानले सुरुआतदेखि नै दबाबको सामना गरेका थिए।

भारतविरुद्धको सेमिफाइनलमा ओपनिङ बलिङ गर्ने क्रममा बोल्टले सुरुमा २ रन दिँदा दबाब सिर्जना गरेका थिए। त्यसपछि म्याट हेनरीसँगको पालैपालो बलिङ गर्दा लगातार डट बल फ्याँकेपछि भारतीय ब्याट्सम्यान निरीह बन्न बाध्य भएका थिए। जसका कारण भारतको पहिलो चार ओभरमा ३ विकेट पतन हुँदा ५ रन मात्र थियो।
सुरुआती तीनमध्ये बोल्टले एक विकेट भारतीय कप्तान विराट कोहलीको लिएका थिए। सोही लयलाई निरन्तरता दिन क्रममा उनले भारतविरुद्ध १० ओभर बलिङ गर्दै २ मेडन राखेर ४२ रन खर्चिएका थिए। कुल दुई विकेट लिएका बोल्टले खेलमा निकै आक्रामक ब्याटिङ गरिरहेका रवीन्द्र जडेजालाई पवेलियनको बाटो देखाएपछि खेल न्युजिल्यान्डतर्पm ढल्किएको थियो। लिग चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

तीव्र गतिका बलर बोल्टको प्रदर्शन न्युजिल्यान्डको सफलताको आधार बन्यो। जारी विश्वकपमा ९ खेलबाट १७ विकेट लिएका बोल्ट न्युजिल्यान्डका लागि दोस्रो सफल बलर हुन्। विकेटको सफलतामा दोस्रो स्थानमा रहे पनि बोल्ट न्युजिल्यान्डको टोलीका लागि हरेक खेलमा मुख्य बलरको रूपमा चिनिँदै आएका छन्। उनको तीव्र गतिको बलिङ सामना गर्नु हरेक ब्याट्सम्यानका लागि निकै कठिन हुनेछ।

त्यसैले  होला, बोल्ट यस विश्वकपमा भारतका मोहम्मद सामीपश्चात् ह्याट्रिक गर्ने बलर बनिसकेका छन्। अस्ट्रेलियाविरुद्ध उनले उक्त सफलता प्राप्त गरेका थिए। न्युजिल्यान्डका लकी फर्गुसनले १८ विकेट लिँदै बोल्टलाई पछाडि पारेका छन्। पछिल्ला ९ खेलको नतिजा हेर्ने हो भने पनि बोल्ट उत्कृष्ट फर्ममा रहेको प्रस्टै हुन्छ।
उनले  ९ खेलमा ४.६२ को रनरेटमा रन खर्चिंदा १७ विकेट लिएका छन्। न्युजिल्यान्ड आइतबार विश्वकपको पहिलो उपाधि जित्ने लक्ष्यका साथ इङ्ल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। उक्त खेलमा पनि न्युजिल्यान्डले बोल्टबाट उत्कृष्ट बलिङको आशा राखेको छ। एकदिवसीय क्रिकेटमा दोस्रो वरीयताका बलर बोल्टको आफ्नो स्वाभाविक लयलाई जारी राख्ने लक्ष्य हुनेछ।

प्रकाशित: २९ असार २०७६ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App