१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इन्डोनेसिया र अस्ट्रेलियाको तयारी

जकार्ता – इन्डोनेसिया र अस्ट्रेलियाले २०३४ को विश्वकप फुटबलका लागि संयुक्त रूपमा दाबेदारी प्रस्तुत गर्ने प्रारम्भिक तयारी थालेका छन्। इन्डोनेसिया र अस्ट्रेलियाले गत साता लाओसमा बसेको एसइएन फुटबल फेडरेसन(एएफएफ)को बैठकमा यसबारे छलफल सुरु गरेका हुन्।

‘उक्त बैठकमा हामीले अस्ट्रेलियासँगै २०३४ विश्वकपमा संयुक्त दाबेदारी प्रस्तुत गर्ने सैद्धान्तिक सहमति गरेका छाैं,’ इन्डोनेसियन फुटबल संघ (पिएसएसआई) का प्रवक्ता गाटोट विडाग्डोले भने।

यसबारे अस्ट्रेलियाली पक्षले भने कुनै प्रतिक्रिया दिएको छैन। विडाग्डोले यसअघि थाइल्यान्डसँग सयुक्त दाबेदारी प्रस्तुत गर्ने विषयमा सहमति भए पनि अन्तिम समयमा थाइल्यान्ड सहमतिबाट पछि हटेकाले अस्ट्रेलियासँग सहकार्य गरिन लागेको बताएका छन्।

थाइल्यान्डका प्रधानमन्त्री प्रायुत चान–ओ–चाले दक्षिणपूर्वी एसियाली राष्ट्रका १० फुटबल संघ सम्मिलित बैठकमा २०३४ को विश्वकपका लागि आयोजना दाबी गर्ने घोषणा गरेको भोलिपल्टै इन्डोनेसियाको यस्तो निर्णय आएको हो। त्यसैले अब इन्डोनेसिया र अस्ट्रेलियाले कसरी आयोजना दाबी अघि बढाउँछन् भन्ने प्रस्ट भइसकको छैन।

विडाग्डोले आफूहरू अस्ट्रेलियासँगको सहकार्यमा २०२१ को यु–२१ विश्वकप आयोजनाको दाबेदारीसमेत प्रस्तुत गर्ने बताए। हालसम्म एक पटक मात्र एसियाली भूमिमा फुटबल विश्वकप आयोजना भएको छ। सन् २००२ मा दक्षिण कोरिया र चीनले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए।

प्रकाशित: १३ असार २०७६ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App