१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फुटबलमा नन्दबक्स विजयी

फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः नागरिक

सुर्खेत – सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’ अन्तर्गत बुधबार भएको फुटबलतर्फ जुम्लाको नन्दबक्स गण विजयी भएको छ । नन्दबक्सले सबुज गण सल्यानलाई १–० ले पराजित गरेको हो ।

यस्तै बास्केटबलतर्फ सबुज गणले नयाँ सबुज गणलाई र ज्वाला दलले नरसिंह दल गणलाई पराजित गर्‍यो । भलिबलतर्फ ज्वाला दल गणले नरसिंह दल गण र सबुज गणले नन्दबक्स गणलाई पराजित गर्‍यो ।

प्रतियोगिताको उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणाले उद्घाटन गरेका थिए । असार २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, कबड्डी, तेक्वान्दो, एथलेटिक्सलगायतका खेलहरू भइरहेका छन् । प्रतियोगितामा पृतना अन्तर्गतका पाँचवटा गणका चार सय २३ जना खेलाडी सहभागी छन् ।

प्रकाशित: ११ असार २०७६ ११:५७ बुधबार

पृतनापति_ट्रफी_खेलकुद बास्केटबल भलिबल नन्दबक्स_गण