१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतद्वारा ३ सय ३७ रनको लक्ष्य प्रस्तुत

म्यानचेस्टर– इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारतले पाकिस्तानसामु ३ सय ३७ रनको लक्ष्य प्रस्तुत प्रस्तुत गरेको छ।

इङ्ल्यान्डको म्यान्चेस्टरमा जारी खेलमा पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङ्को निम्ता दिएको थियो। भारतले ४६ दशमलव ४ ओभर खेलेर ४ विकेट गुमाइ ३०५ रन बनाउँदा वर्षाले खेल अवरुद्द भएको खेल केही बेरमा सुचारु भएको थियो। जारी खेलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको हो।

भारतका लागि रोहित शर्माले सर्वाधिक १४० रन जोडदा कप्तान विराट कोहलीले ७७ रन बनाए। त्यस्तै केएल राहुलले ५७ रन, हार्दिक पाण्ड्याले २६ रन बनाउदा महेन्द्रसिंह धोनी १ रनमा पभेलियन फर्किएका थिए। त्यस्तै विजय शंकर अभिजित १५ रन तथा केदार जादबले अभिजित ९ रन बनाएका थिए।

यता पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट तथा हसन अलि र वाहब रियाजले समान १/१ विकेट लिएका थिए।

भारतीय टिममा कप्तान विराट कोहली, रोहित शर्मा, केएल राहुल, विजय शंकर, केदार जादव, एमएस धोनी, हार्दिक पान्ड्या, विनय कुमार, कुलदिप यादव, वाइएस चहल, जसप्रित बुहराह रहेका छन्। यसैगरी सरफराज अहमदको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा फखार जमान, इमाम अल हक, बाबर आजम, मोहम्मद हाफिज, शोएब मल्लिक, इमाद वासिम, शादब खान, हसन अलि, वाहब रियाज र मोहमद आमिर रहेका छन्।

प्रकाशित: १ असार २०७६ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App