१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेड उल्भरह्यामटनसँग निराश

युनाइटेड  विरुद्ध गाेल गरेपछि उल्भरह्यामटनका डिओगो जोटा। तस्बिर: एपी

 लन्डन– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले इङ्लिस प्रिमियर लिगको शीर्ष ४ को लक्ष्यलाई पूर्णता दिन टोलीसँग कुनै पनि गल्ती गर्ने छुट नभएको बताएका छन्।

प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेड उल्भरह्यामटनसँग २–१ ले निराश भएको थियो। एस्ले योङले अनावश्यक फाउल गर्दै रातो कार्डको दर्शन गर्नुका साथै क्रिस स्मलिङको आत्मघाती गोल सोल्सजायरको टोलीका लागि घातक बनेको थियो।

युनाइटेडले उल्भरह्यामटनविरुद्धको खेलअघि प्रिमियर लिगमा बाँकी ७ खेलम कम्तीमा १५ अंक बटुल्ने लक्ष्य बनाएको थियो। अब त्यो लक्ष्य प्राप्तीका लागि मत्र ६ खेल बाँकी छ। युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर सिटी र चेल्सीलाई आतिथ्य प्रदान गर्न बाँकी नै छ।

‘म उल्भरह्यामटनविरुद्धको खेलअघि लिगका बाँकी खेलबाट कम्तीमा १५ अंक बटुल्ने लक्ष्य थियो र त्यसमा म अझै विश्वस्त छु,’ सोल्सजायरले भने, ‘योसमेत जोडेर हामीसँग त्यो लक्ष्यका लागि ७ खेल थियो र यो हारपछि हामीसँग ६ खेल बाँकी छ। पक्कै पनि अब लक्ष्यमा पुग्न केही कठिनाइ हुन सक्छ। हाम्रो टोली राम्रो छ र त्यसैले हामीविरुद्ध खेल्ने अन्य प्रतिद्वन्द्वीका लागि हामी कठिन बन्न सक्छौं।’

‘यो खेल निकै कठिन थियो र हामी प्रदर्शनका आधारमा जितका लागि सक्षम टोली थियाैं,’ सोल्सजायरले भने।

१३औं मिनेटमा स्कट म्याकटोमिनीले बललाई पोस्टको दिशा दिएसँगै युनाइटेड खेलमा अघि बढेको थियो। त्यसको १२ मिनेटपछि डिओगो जोटाले उल्भरह्यामटनलाई खेलमा फर्काएका थिए। तर ५७औं मिनेटमा एस्ले योङले दोस्रो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा युनाइटेड दबाबमा परेको थियो। त्यसको ५ मिनेटअघि मात्र जोटामाथि फाउल गरेपछि पहिलो पहेँलो कार्डको दर्शन गरेका एस्लेले पुन जोटामाथि अनावश्यक फाउल गरेपछि दोस्रो पहेंलो कार्डको दर्शन गरेका थिए।

‘जब कुनै खेलाडीले पहिलो पहेंलो कार्डको दर्शन गर्छ, तब त्यो खेलाडीले पुनः पहेंलो कार्डको दर्शन गर्ने खतरा उत्तिकै हुन्छ,’ सोल्सजायरले भने, ‘त्यो नै खेलको रूप मोड्ने मुख्य कारक बन्यो।’

खेल सकिन १३ मिनेट बाँकी हुँदा स्मलिङले गरेको आत्मघाती गोलमा युनाइटेड उल्भरह्यामटनलाई नतिजा सुम्पिन बाध्य भएको थियो।

यस नतिजापछि ३२ खेलमा ६१ अंक जोडेको युनाइटेड प्रिमियर लिगको पाँचाैं स्थानमा यथावत् छ। समान खेलमा ७९ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ। एक खेल कम खेलेको सिटी ७७ अंकका साथ दोस्रो स्थानमा छ। ६३ अंकका साथ आर्सनल तेस्रो र ६१ अंकका साथ टोटेनह्याम चौथो स्थानमा छन्।

एस्ले योङले अनावश्यक फाउल गर्दै रातो कार्डको दर्शन गर्नुका साथै क्रिस स्मलिङको आत्मघाती गोल सोल्सजायरको टोलीका लागि घातक बनेको थियो।

प्रकाशित: २१ चैत्र २०७५ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App