१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टोकियो ओलम्पिक लक्षित पारा तेक्वान्दोको प्रशिक्षण

काठमाडौं – सन् २०२० टोकियो ओलिम्पिकलाई लक्षित गरी नेपालका पारा तेक्वान्दोका पाँच खेलाडीले जापानमा प्रशिक्षण गर्ने भएका छन्।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच संघले जापानको मिकी सिटी महानगरपालिकासँग सम्झौता गरेपछि पारा तेक्वान्दोका खेलाडीले वैदैशिक प्रशिक्षण गर्ने भएका हुन्। सन् २०१९ र २०२० सम्म दुई वर्षका लागि संघ र मिकी सिटीबीच सम्झौता भएको हो।

उक्त सम्झौतापत्रमा संघका अध्यक्ष प्रकाससम्सेर राणा र मिकि सिटी महानगरपालिकाको प्रतिनिधि एकेमी मिजुबालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौताको अवसरमा संघका उपाध्यक्षत्रय हरिश्वर पोखरेल, नन्दकुमार राई, दिलबहादुर ओली, महासचिव दीपराज गुरुङ, एनपिओ लालीगुराँस नेपालका अध्यक्ष रोशन श्रेष्ठ लगायतको उपस्थिति थियो।

पारा तेक्वान्दो खेलको विकास र विस्तारका साथै आगामी सन् २०२० पारा ओलम्पिकका लागि नेपाली खेलाडीको स्तरोन्नती गर्ने उद्देश्यले सम्झौता भएको संघका प्रवक्ता दीपक बिष्टले जानकारी दिए। सम्झौताअनुरूप नेपाली पारा तेक्वान्दोका खेलाडीले आगामी अगस्ट ५ देखि ११ सम्म जापानमा विशेष प्रशिक्षण गर्नेछन्। 

नेपाल पारा राष्ट्रिय खेलाडीहरू विक्रम श्रेष्ठ, पलेशा गोबर्धन, सुवासचन्द्र राई, रोहित हाङ राई, दीपेश महत तथा प्रशिक्षक कविराज नेगी लामाले जापानमा प्रशिक्षण गर्नेछन्। प्रशिक्षणका दौरान हुने खर्च मिकि सिटी महानगरपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ।

प्रकाशित: १६ चैत्र २०७५ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App