१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

आजबाट पाँचौं चरणका खेल

काठमाडौं - सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट पाँचौं चरणका खेल हुँदै छन्। पाचौं चरणअन्तर्गतको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दा दिनको दोस्रो खेलमा थ्री स्टारले अर्को विभागीय टोली एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

लामो समयपछि भएको लिगको चौथो चरणका खेल सम्पन्न हुँदा साबिकको विजेता मनाङ मस्र्याङ्दी क्लब अपराजित रहँदै शीर्ष स्थानमा छ। यस्तै अपराजित रहेका अन्य दुई टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाले पनि लिगमा राम्रो प्रदर्शन गरेका छन्। चारमध्ये तीनमा जित र एकमा बराबरी खेलेका टोलीद्वय आर्मी र शेर्पा गोलअन्तरका आधारमा तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्। 

राष्ट्रिय टोलीका खेलाडी सबैजसो क्लबमा अनुबन्धित भए पनि उनीहरूको प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन। यस्तै विभागीय टोली आर्मीबाहेक पुलिस र एपिएफले पनि प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्। विदेशी खेलाडीको उपस्थितिमा दाबेदार मानिएका तथा अन्य क्लबको  प्रदर्शन पनि तुलनात्मक हिसाबले राम्रो देखिएको छ भने केही लय समात्ने क्रममा छन्।  शीर्षमा रहेको मनाङ विदेशी खेलाडीको प्रभावशाली प्रदर्शनले अपराजित रहँदा अर्को अपराजित रहेको हिमालयन शेर्पा पनि विदेशी खेलाडीको प्रदर्शनबाट अगाडि देखिएको छ।

विभागीयबाहेक अन्य टोलीमा गरी कुल ३० विदेशी खेलाडीलाई क्लबले अनुबन्धित गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ। जसमा दुई दक्षिण एसिया खेलाडी रहेका छन् । मनाङले भारत तथा फ्रेन्ड्सले बंगलादेशका खेलाडीलाई टोलीमा समावेश गरेका छन्।

लिगमा विदेशी खेलाडी राख्न पाउने प्रावधानअनुसार समावेश गरिएका विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्दा नेपाली खेलाडीको प्रदर्शन भने तारिफयोग्य छैन।
 

 

प्रकाशित: १४ मंसिर २०७५ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App