१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पिएसजीले लिभरपुललाई हरायो, नापोली शीर्ष स्थानमा

काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुललाई २–१ ले पराजित गरेको छ।

समूह ‘सी’ मा रहेको पिएसजीले बुधबार राति घरेलु मैदानमा भएको खेलको १३ औं मिनेटमा जुआन बर्नाटको गोलमार्फत खाता खोलेको थियो। ३७ औं मिनेटमा नेइमारले गोल गर्दै अग्रता दोब्बर बनाए। योसँगै नेइमार च्याम्पियन्स लिगमा ३१ गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन्। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै पिएसजीसँगको दूरी कम गरेका थिए।

पहिलो हाफमा २–१ को अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा खेललाई आफ्नो पकटमा राख्दै लिभरपुललाई गोल गर्न दिएन्। जसका कारण दोस्रो हाफमा दुवै टोलीबाट अन्य गोल नभएपछि पिएसजीसामू लिभरपुल स्तब्ध भयो।

जितसँगै ५ खेलबाट ८ अंक जोडेको पिएसजी समूहको दोस्रो स्थानमा छ। पिएसजी नकआउट चरणको नजिक छ। तेस्रो स्थानको लिभरपुलको ६ अंक छ। उसको समेत अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै छ।

यही समूहको अर्को खेलमा इटालियन क्लब नापोलीले सर्बियाको रेड स्टार बेलग्रेडलाई ३–१ ले पराजित गरेको छ। नापोलीको जितमा ड्रिस मेर्टेन्सले २ तथा मेरिक हाम्सीकले एक गोल गरे। पराजित टोलीका लागि बेन नबैहानेले एक गोल फर्काए।

अब समूहको अन्तिम खेलले नकआउट चरणको पुग्ने टोलीको टुंगो लगाउनेछ। लिभरपुलले नापोली र जिएसजीले रेड स्टार बेलग्रेडसँग खेल्नेछन्। नापोली ९ अंक सहित शीर्ष स्थानमा छ। ४ अंक जोडेको रेड स्टार पुछारमा छ।

प्रकाशित: १३ मंसिर २०७५ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App