२२ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

पारा तेक्वान्दोमा सहभागी हुने टाेली भारत प्रस्थान

काठमाडाैं - प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार भारतको देहरादुन प्रस्थान गरेको छ।

मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले आ–आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। महिलामा पलेशा गोबरधन र रञ्जना धामीले भाग लिने छन्।टोली नेतामा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्।

टोलीलाई नेपाल तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सन्जिव रेग्मी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले एक कार्यक्रमबीच सोमबारै बिदाइ गरे। यो प्रतियोगिता खेलाडीका लागि आगामी दिनमा हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अनुभव बटुल्न राम्रो अवसर सावित हुने तेक्वान्दो संघले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७५ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App