१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

डिडियर ड्रोग्बाले लिए सक्रिय खेल जिवनबाट बिश्राम

काठमाडौं – इङ्लिस क्लब चेल्सीका लिजेन्ट डिडियर ड्रोग्बाले सक्रिय खेल जिवनबाट सन्यासको घोषणा गरेका छन्। आइभरीकोष्टका पूर्व स्ट्राइकर ४० वर्षीय ड्रोग्बाले आफ्नो २० वर्षीय खेल जिवनको अन्त्य गर्ने सही समय आएको भन्दै सन्यासको घोषणा गरेका हुन्।

ड्रोग्बाले २ स्पेल चेल्सीमा बिताउँदा ३ सय ८१ खेल खेल्दै १ सय ६४ गोल गरेका थिए। उनी चेल्सीमा पहिलो सिजन सन् २००४ देखि २०१२ र दोस्रो सिजन २०१४ देखि २०१५ सम्म बिताएका थिए। यो बीचमा ड्रोग्बाले ४ पटक प्रिमियर लिग र १ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

उनले करियरको पछिल्लो १८ महिना भने आफैं सहमालिक रहेको अमेरिकाको फोनिक्स राइजिङ क्लबमा बिताएका थिए। उनले राष्ट्रिय टिमबाट भने २ वर्ष अगाडि नै सन्यासको घोषणा गरेका थिए। राष्ट्रिय टिमबाट ड्रोग्बाले १०४ खेल खेल्दै ६५ गोल गरेका छन्। ३ पटक विश्वकप खेलेका ड्रोग्बा २ पटक अफ्रिकन फुटबलर अफ दि इयर घोषित भएका थिए।

प्रकाशित: ६ मंसिर २०७५ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App