१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

काठमाडौंद्वारा बुटवलसामु १७३ रनको लक्ष्य, नरेशको विष्फोटक ब्याटिङ

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं रोयल्सले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७२ रन बनाएपछि बुटवल ब्लास्टर्सले १७३ रनको लक्ष्य पाएको हो।

काठमाडौंका लागि नरेश बुढाएरले विष्फोटक ब्याटिङ गर्ने क्रममा नटआउट ५८ रन बनाए। २८ बलको सामना गरेका नरेशले ३ चौंका र ५ छक्का प्रहार गरे। ओपनिङ ब्याट्सम्यान जयकिशन कोल्सवालाले ४५ रनको योगदान दिए। ३५ बलको सामना गरेका कोल्सवालाले ३ चौंका र २ छक्का प्रहार गरे।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा नटआउट २५, पवन सर्राफले २२ बलमा २२ र गौरव तोमारले १३ बलमा ११ रनको योगदान दिए। बुटवलका लागि विपिन खत्रीले २ तथा रोहन मुस्तफा र सम्साद शेखले एक–एक विकेट लिए।

प्रकाशित: १६ कार्तिक २०७५ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App