७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सन्दीप लामिछानेले बनाए नयाँ रेकर्ड

काठमाडौं – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा जारी आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा कीर्तिमान बनाएका छन्। प्रतियोगिताअन्तर्गत सिंगापुरसँग भएको आजको खेलमा ४ विकेट लिएसँगै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक २४ विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन्।

यसअघि यो कीर्तिमान विनोद दास र बसन्त रेग्मीको नाममा रहेको थियो। बसन्तले सन् २०१२ मा मलेसिया भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिदै कीर्तिमान बनाएका थिए।

त्यस्तै बिनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज तीन दिवसीय प्रतियोगितामा समान २१ विकेट लिएका थिए। सन्दीपले बसन्त र विनोदको कीर्तिमान भंग गरेका छन्। सन्दीपले यु–१९ अन्तर्राष्ट्रिय प्रतियोगितामा भने २३ विकेट लिइसकेका छन्।

बसन्त र विनोदको कीर्तिमान भंग गर्न सन्दीप मात्र २ विकेटले पछि थिए। तर आजको खेलमा ४ विकेट लिएसँगै उनले नयाँ रेकर्ड बनाए।

सन्दीपले म्यानमारसँग भएको पहिलो खेलमा ४, मलेसियासँग भएको दोस्रो खेलमा ५, थाइल्याण्डसँग भएको तेस्रो खेलमा पनि ५, भुटानसँग भएको चौंथो खेलमा ३, चीनसँग भएको पाँचौं खेलमा पनि ३ र सिंगापुरसँग आज भएको अन्तिम खेलमा ४ विकेट लिदै विकेट संख्या २२ पुर्याएका हुन्।

सन्दीपले थाइल्याण्डसँग भएको तेस्रो खेलमा ३ ओभर बलिङ गर्दै १ मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिएका थिए। यो नै सन्दीपले थोरै रन खर्चिएर धेरै विकेट लिएको खेल थियो।

प्रकाशित: २६ आश्विन २०७५ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App