२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

आमिर टेस्ट टोलीबाट बाहिर

लाहोर – पाकिस्तानले बिहीबार अर्को महिना अस्ट्रेलियाविरुद्ध हुने टेस्ट शृंंखलाका लागि १७ सदस्यीय टोलीको घोषणा गर्दा तीव्र गतिका बलर मोहम्मद आमिर भने टोलीमा स्थान बनाउन असफल भएका छन्।

खेलमिलेमतोमा संलग्न भएको भन्दै ५ वर्षको प्रतिबन्धमा परेका २६ वर्षे आमिर २०१६ जनवरीमा प्रतिबन्धमुक्त हुँदै मैदान फर्किएका थिए । दुबईमा जारी एसिया कपमा कुनै विकेट लिन नसकेका आमिरलाई प्रतियोगिताको दुई खेलबाट समेत हटाइएको थियो । पाकिस्तान सुपर फोरअन्तर्गतको अन्तिम खेलमा बुधबार बंगलादेशलाई ३७ रनको नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

अस्ट्रेलिया भ्रमणमा पाकिस्तान पुनः एक पटक स्पिनर यासिर शाहको प्रदर्शनमा निर्भर हुनेछ । २०१४ मा युइएमा भएको अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखला २–० ले जित्दा यासिरले १२ विकेट लिएका थिए।

पाकिस्तानले २००९ यता युएईलाई घरेलु मैदानका रूपमा लिन बाध्य भएको छ । २००९ मा लाहोरमा श्रीलंकाली क्रिकेट टोली चढेको बसमा भएको आतंककारी हमलापछि अन्तर्राष्ट्रिय टोलीले शृंखलाका लागि पाकिस्तानको भ्रमण गर्न अस्वीकार गर्दै आएका छन् । त्यस्तै वाहव रियाज र मिर हम्जा भने टोलीमा स्थान बनाउन सफल भएका छन् । शृंखला अन्तर्गतको पहिलो टेस्ट अक्टोबर ७ मा हुनेछ भने दोस्रो टेस्ट अक्टोबर १६ मा हुनेछ।

 

प्रकाशित: १४ आश्विन २०७५ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App