१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसियन फुटबल : नेपालले चीनलाई हरायो

काठमाडाैं- भारतमा जारी ४६ औं संस्करणको एसियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले चीनलाई पराजित गर्दै विजयी भएको छ। 

भारतको आगरामा मंगलबार भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो। नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो। 

नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे। खेल सुरुवातीको सातौं मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए। त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए। 

त्यसैगरी खेलको ७० अाैं मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउदै टीकाले एक गोल थपे। नेपालले समूह चरणको अन्तिम खेल भोलि बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित: ९ आश्विन २०७५ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App